मोटरसाइकल दुर्घटनामा दरैको मृत्यु

अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश ,तनहुँ ,पौष-१० गते शुक्रबार ,दमौली
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
जिल्ला स्थित ब्यास-४ सिमलटारबाट सोही वडाको बागभन्ज्याङ तर्फ जादैगरेको ग१४ प१५२८ नम्बरको मोटरसाइकल बिहिवार आफै अनियन्त्रित भै पल्टन जाँदा बैरेनी निवासी बर्ष-४९ को मीनबहादुर दरै को मृत्युु भएको हो।
गम्भीर घाइते भै उपचारका लागि जिल्ला अस्पताल दमौलीमा लगिएकोमा उपचारका क्रममा दरैको ९ वजेर१० मिनेट जाँदा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका ट्राफिक जवान अनिल पाण्डेले वताए । घटनाको अनुसन्धान भैरहेको ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ।

Like