पत्रकारको गहना नै अनुशासन हो- बरिस्ठ उपाध्यक्ष संम्राट

Share to:
  • डा. ईन्दु केसी भक्तपुर / पौष,४ गते

स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुर शाखाको आयोजनामा भएको आधारभूत पत्रकारिता तालिमको समापन गरि प्रशिक्षक तथा प्रशिक्षार्थिहरुलाई प्रमाण पत्र परिचय पत्र र स्वतन्त्र पत्रकार संघ नेपालको प्रेस ज्याकेट वितरण कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर जिल्ला शाखा अध्यक्ष एवं ब्यक्ति एक प्रतिभा अनेक ब्यक्ती डा. इन्दुल केसिको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका सभापति नवराज गेलालको प्रामुख आतिथ्यता थियो भने स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष के. बि. सम्राटको विशेष आतिथ्यता थियो । कार्यक्रममा पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रिय सदस्य एवं धार्मिक समितितिकी संरक्षक माता भद्रकाली स्वतन्त्र पत्रकार संघ नेपाल ललितपुर शाखाका अध्यक्ष बद्रि बहादुर दुलाल काठमाण्डौ शाखाका जिल्ला सचिव प्रताप राना मगरको अतिथिको आतिथ्यता थियो ।

स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुर शाखाले गत मङ्सिर १३ गते एक कार्यक्रमबीच समुद्घाटन भै १० दिन तालिम दिएर सम्पन्न गरिएको थियो । पत्रकारिता आधारभूत तालिममा डा. इञ्जिनिएर लगायतका पेशागत प्रशिक्षार्थीहरुले पत्रकारिता सम्बन्धि विभिन्न रेडियो, टेलिभिजन प्रस्तोता, समाचार लेखन, समाचार वाचन, कार्यक्रम प्रोस्तोता आदि विधामा तालिम लिएका थिए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति नवराज गेलालले स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुर शाखाले गरेको यो गरिमामय कार्यक्रम निकै प्रसंषित छ भन्दै पत्रकार सम्बन्धि यो आधारभूत तालिम राज्यको चौथो अंगको पहिलो खुड्किलो प्रवेश गरेको र बाँकि अब आफै खुड्किलो चढ्ने वातावातण गरि स्वतन्त्र र स्वच्छ समाचार जनतामा सुसुचित प्रण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा विशेष अतिथिको आतिथ्यताबाट के. बि. सम्राटले स्वतन्त्र पत्रकार संघ नेपालको परिचय दिदै आफ्नो अनुभव र अनुभूतिको कुरा सुनाउदै पत्रकार मात्र नभई हरेक व्यक्तिको पहिलो गहना अनुशासन भएकाले अनुशासनको पालना गर्न पत्रकारको मुख्य भूमिका हुन्छ भन्दै स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुर जिल्ला शाखालाई प्रसंसनिय क्रियाकलाप गरेकोमा धन्यवाद दिनुभयो ।

आधारभूत पत्रकारिता तालिममा सहभागी प्रशिक्षार्थिहरुलाई चौथो आँखाको सदुपयोग आफैले गर्नुपर्ने भएकाले आचारसंहिता ख्याल गर्न आग्रह गर्नुभयो भने पत्रकारिता सम्बन्धि विभिन्न विधाका प्रशिक्षकहरुलाई आभार ब्यक्त गर्दै आफुसंग भएका ग्यान र शिप प्रशिक्षार्थीलाई बाड्नु नै गुरुको कर्तव्य पालना गरेकोमा धन्यवाद दिनुभयो । कार्यक्रममा प्रशिक्षकका तर्फबाट हरि प्रसाद ढकालले प्रत्येक मानिसमा ४ आँखा हुन्छन दुइ वटा आँखा ज्ञानिन्दृय हुन् अर्को तेश्रो आँखा मन र अर्को आँखा भनेको पत्रकार हो जसले यी आँखाले नदेखेको पनि देखेर जनतासामु सुसुचित समाचार सम्प्रेषण र प्रसारण गर्छन । हो यहि चौथो आँखा भएकाले राज्यले पनि चौथो अंग भनेर पत्रकारलाई पद दिएको हो भन्नुभयो । स्वतन्त्र पत्रकार संघ नेपाल काठमाण्डौ जिल्ला शाखा सचिव प्रताप रानाले भक्तपुर शाखाले पत्रकारिता तालिम मात्र नभएर विभिन्न व्यक्तित्व बिकासका कार्यक्रम बुलेटिन जस्ता परिचय दिने पुस्तक प्रकाशन गरि संघलाई अघि बढाएकोमा धन्यवाद दिनुभयो । प्रशिक्षार्थिहरुका तर्फबाट डा. रोशनी नापितले पत्रकारिता आधारभूत तालिममा हामीलाई पनि सुअवसर दिएर स्वतन्त्र पत्रकार संघ नेपालले यस्तो गरिमामय कार्यक्रम गरेकोमा धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु भैरहुन भन्नुभयो ।

कार्यक्रममा पत्रकारिता तालिम गर्ने प्रशिक्षार्थिहरुलाई तथा प्रशिक्षकहरुलाई प्रमाण पत्र तथा परिचय पत्रका साथ् प्रेस ज्याकेट वितरण गरिएको थियो । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्य कृष्ण किसिले उपस्थित सबै महानुभावहरुलाई स्वागत गर्दै पत्रकारहरु साच्चिकै स्वतन्त्र र स्वच्छ हुन आवश्यक छ बताउनुभयो । कार्यक्रम स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुर शाखा सदस्य डा. राजेन्द्र कोजुले अति नै व्यंग्यात्मक कविता प्रस्तुत गर्दै सभ्य र भब्य रुपमा संचालन गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा भक्तपुर शाखा अध्यक्ष एवं कार्यक्रम सभापति डा. इन्दुल केसीले उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रमस्थल तथा सामग्री उपलब्ध गराएर सम्पन्न गर्न सहयोग पुर्याउने राजेन्द्र कोजु र उहाका परिवारप्रति आभार ब्यक्त गर्दै प्रशिक्षार्थिहरुलाई अझ उत्साह थप्न पत्रकारिता सम्बन्धि आफै लागि पर्न आग्रह गर्दै कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो ।

Like