आईतवार देखि मनकामना केवलकार संचालनमा

-अन्जनराज न्यौपाने ,तनहुँ / गोर्खा मंसिर२८ गते
खुसी हुनु मनोकामना माई दर्शन गरेर, सररर पुगि फर्कौ केवलकार चढेर प्रसिद्ध धार्मिक एब्म् पर्यटकीय स्थलका रुपमा सुप्रसिद् गोर्खा जिल्लाको मनकामना मन्दिर जाने केवलकार आइतबारदेखि संचालनमा आएको छ। जहाँ, सुद्द मनले भाकल गरे आँटे ताकेको मनको कामना पूरा हुने धार्मिक विस्वास रहेको छ। करिव ८ महिनापछि संचालनमा आएको उक्त केवलकार यस अधि कोभिड(१९ )का कारण बन्द भएको थियोे । दर्शन गर्न आउने भक्तजनहरुले अनिवार्य मास्क लगाएर आउने लाई मात्रै प्रवेश अनुमाती दिइएको मनकामना केवलकार लिमिटेडले जनाएको छ।
खुसी हुनु मनोकामना माई दर्शन गरेर ,सररर पुगि फर्कौ केवलकार चढेर
विभिन्न जिल्लाबाट आएका श्रद्धालु भक्त जनहरुलाई र केवलकारका कर्मचारीहरुलाई फेस सिल्ड, मास्क, सेनिटाइजेसनको अनिवार्य प्रयोग को व्यवस्था गरिएको छ भने यात्रु विवरण राख्नका लागि कम्पनीले मन्दिर दर्शन र केबलकार सेवाका लागि आउने यात्रुको परिवार सदस्यमध्ये एकजनाको सम्पर्क नम्बर लिएर रेकर्ड राख्ने व्यवस्था गरेको छ। मन्दिर क्षेत्रमा रहेको स्टेसनमा आइसोलेसन वार्डसमेत तयार पारेको कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले वताए ।