पृतृ मोक्ष्यकालागि देशभर शक्तिपिठमा सतविज् छरियो – अन्जनराज न्यौपाने , गण्डकी प्रदेश तनहुँ

ब्यास-३ स्थित दुर्गा मन्दिर सगैको शिव मन्दिरमा पनि उतिकै भिडलागेको थियोे । यसैगरी ब्यास-४ स्थित जलदेवि टोलमा रहेको महादेव मन्दिरमा पनि सयौंको संख्यामा भिडलागेको छ।
मंसिर कृष्ण चतुर्दशीका दिन परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो मिश्रित सतबीज शिवालय वरिपरि छर्ने चलन छ । यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरूले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ ।
पौराणिक कथन र मान्यता अनुसार बालासुर राक्षसको नामबाट आएको यो चतुर्दशीमा सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पुर्ण पाप कर्म नाश हुने विश्वास गरिन्छ । सतबीजको एक गेडा अन्न छर्नाले सुन दान गरे बराबरको फलसमेत प्राप्त हुने बूढापाका बताउँछन् ।परिवारका सदस्यको मृत्यु भएकाको परिवारजनले दोस्रो वर्षमा शिवालयमा गई बत्ती बालेर चतुर्दशीका दिन सतबीज छरेर हवन गर्नुपर्छ । ‘सतबीज छर्नुअघि स्नान भएर शुद्ध हुनुपर्छ । अघिल्लो दिन साँझदेखि बत्ती कुरेर बस्ने हुनाले नाचगान र भजनकीर्तन गर्दै धुनी जगाउने परम्परा चल्दै आएको छ ।’
परापूर्वकालमा पशुपति क्षेत्रमा बाला नाम गरेको एक जनाले मान्छे पोल्ने काम गरेर जीविका चलाइरहेको थियो । एक दिन पोल्ने क्रममा मरेको मान्छेको गिदी उछिट्टिएर उसले खाने खानेकुरामा परेछ । त्यो दिनसँगै उसले मरेका मानिसको लास संस्कारका लागि ल्याउनेबित्तिकै लुटेर खाने गरेछ । अन्तिम संस्कार हुन नपाउँदा धेरै जना दुःखी भएका थिए । बाला नामक व्यक्ति राक्षस बन्यो । त्यो राक्षसलाई विभिन्न तरिका अपनाएर मारिएछ । त्यही खुसीयाली र मान्छेको मृत कर्म नपुगेको भन्दै सतबीज र बत्ती बाल्ने काम पशुपति क्षेत्रमा गरिएको भन्ने कथन छ ।
मंसिर कृष्ण त्रयोदशीका दिन साँझबाट भोलिपल्ट सतबीज छर्ने बेलासम्म आफ्ना पितृको नाममा बत्ती बाल्ने गरिन्छ । अघिल्लो दिन दियो, कलश र गणेश थापी भर्खरै मृत्यु भएका आफन्तजनको नाम र गोत्र उच्चारण गरी संकल्प गरेर बत्ती बाल्ने गरिन्छ । ठूलो दियो तथा तामाको मानोमा काँचो धाँगोको बत्ती बाल्ने परम्परा छ । रातभर बत्ती बालिरहनुपर्ने र निभ्न दिनु नहुने चलन छ । चतुर्दशीका दिन बिहान स्नान गरी बत्ती खोलमा विसर्जन गरी सतबीज छरेर पूर्णपात्रो गर्ने चलन छ ।
Like