आफ्नो टोल आफै विकाश तथा सुधार गरौ

Share to:

रासंसा/ अनिल पाण्डे काठमाण्डौ, मार्ग २८,

आफ्नो गाउँ आफैं बनाऔ भन्ने पुर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारिको यो उक्ति साच्चिकै काठमाण्डौ महानगरपालिका वडा १४ स्थित खड्का गाउँ प्रगतिमार्ग टोलले फलोअप गरेको छ । प्रगतिमार्ग टोलवासिले गरेको यो सर्हानिय कार्यलाई जो त्यहाँ गएर अवलोकन र निरीक्षण गरेपछी तारिफ गर्न पछि पर्दैनन् । प्रगतिमार्ग टोल सुधार समितिका अध्यक्ष राम प्रसाद निरौलाको सभापतित्व तथा पुर्व मन्त्री युवराज ग्यवालिको प्रमुख आतिथ्य एवं काठमाण्डौ महानगरपालिका वडा न. १४ कि वडाध्यक्ष शोभा साप्कोटाको विशेष आतिथ्यतामा एक सम्मान कार्यक्रमको आयोजना भयो ।

प्रगतिमार्गमा बाटो पिचभएपछी त्यहाँका टोलवासिका घरहरू एउटै रङ्ग मात्र नभएर घरको गेटपनी एउटै रङ्गको भएको देखिन्छ । कार्यक्रममा पशुपती अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष एवं वरिष्ठ सन्चारकर्मी के बि सम्राटको अतिथिको आतिथ्यता थियो । कार्यक्रममा वडाध्यक्ष शोभा सापकोटा र समाजिक अभियन्ता उत्तर कुमार श्रेष्ठलाई प्रगतिमार्ग टोल सुधार समितिले सम्मान गरेको थियो ।

यस्तै दिपक प्रसाद देवकोटा, अम्मर बहादुर धिमाल, र राजु गिरिलाई कदर पत्रबाट कदर गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी युवराज ग्यवालिले आफू पनि यहि टोलवासी भएकाले यसभन्दा अगाडिका दिनहरु सम्झदै जुता फुकालेर हिड्दाको स्मरण गर्दै आजको यो विकासलाई अब दिर्घ रुप दिने वताउदै यश सर्हानिय कार्यमा लाग्ने विशेष यश टोलका टोलवासी र वाडाध्यक्ष शोभा सापकोटालाई आभार ब्यक्त गर्नुभयो ।

विशेष अतिथीको आतिथ्यबाट वडा १४ वडाध्यक्ष शोभा सापकोटाले विगतका कुराहरुलाई सम्झदै म जनप्रतिनिधि भएपस्चात कसरी मेरो वडाका जनतालाई सुबिधा सम्पन्न बनाउन मेरो अहोरात्र चिन्ताको विषय बनेको बताउदै भोलिका दिनहरु सबै टोलहरु प्रगतिमार्ग टोल जस्तै बन्नेमा दुईमत नरहेको बताउनुभयो । काठमाण्डौ महानगरपालिकाका वडामध्येका वडाध्यक्ष एक मात्र महिला वडाध्यक्ष वडा १४ कि शोभा सापकोटामात्र हुन । यस्तै टोलवासी सामाजिक अभियन्ता उत्तरकुमार श्रेष्ठले आफू जन्मेको जन्मस्थान गोरखा र आफू बसेको टोल काठमाण्डौमा आफ्नो गाउँ टोल आफै बनाउ भन्ने नारा साबित गराउने अभियान मेरो प्रण हो यसलाई सबैले फलोअप गर्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रगतिमर्ग टोलका सबै स्थानियाहरुको उपस्थिति थियो । विभिन्न क्षेत्र भद्र भलाद्मी शिक्षाविद समाजसेवी लगायतका विशिस्ट महानुभावहरुको उपस्थितिका साथ् प्रो. रामचन्द्र पौडेलसमेतको उपस्थिति थियो ।

कार्यक्रमका सभापती राम प्रसाद निरौलाले १८ वर्ष पहिलेका कुराहरु अवगत गर्दै सबै मिलिजुली गरे जुनसुकै कार्यहरु सफल हुने उदाहरण प्रस्तुत गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

Like