नाप-नक्शा

Share to:

डा. ईन्दुल केसी

सर्वोच्च शिखरको नाप अब झनै उँचो । देशको नयाँ नक्शा अब झनै फराकिलो ।। नेपाली आफैले नापेर कोरेर क्षमता देखायो ।।। सम्पुर्ण नेपालीको इज्जत र गौरव बढायो ।।।।

अब नेताहरुको नाकको नाप नाप्नु पर्यो । भ्रस्टाचारले देशै डुबाउने अगुवाहरुको ।। नाक नापौ, अनुहारको चित्र कोरौ ।।। सुरपलरना नाके, भ्रष्टाचारीको कोरौ ।।।।

लाज शरम पचेको नेतृत्व वर्गको सिंहासनमा । अब ईमान्दार सच्चा देश भक्तलाई आसिन गरौं ।। गरिवमा पिल्सिएका जनतालाई गास बास मिलाऔ ।।। शहिदका सपना हामी सबैको चाहना पूरा गरौ ।।।।

सन्दर्भ : अन्तर्राष्ट्रिय भ्रष्टाचार निवारण दिवस २०७७ ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *