राष्ट्रवादी युवाहरुको मोटरसाइकल र्याली तनहुँमा – अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश ,तनहुँ
मोटरसाइकलमा सवार हुन राष्ट्रवादी अभियान तनहुँले जिल्लावासीहरुलाई पत्रकार सम्मेलनमार्फत अपिल गरेको छ। २६ गते शुक्रबार हुने मोटरसाइकल र्यालीलाई शब्य एब्म् भब्यताका साथ सफल वनाउने उदेश्यले बिहीबार राष्ट्र वादी अभियानले जिल्ला स्थित ब्यास-४ मा रहेको पंचम होटलमा पत्रकार समेलनको आयोजना गरेको हो।
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा आउ, देश बचाउ,हिन्दुधर्म,राजा सहितको हिन्दुराज्य चाहिन्छ ,जय सवाभिमान जस्ता नारा सहित देशका विभिन्न जिल्लाहरुमा लाखौंको संख्यामा राष्ट्रवादी युवाहरु चर्का नाराका साथ सडकमा राष्ट्रिय झण्डा सहित उत्रिएका छन।
यसै क्रममा तनहुँ जिल्लामा पनि शुक्रबार ११ :३० वजेको समयमा राष्ट्रवादी अभियान दमौलीले विभिन्न सवारीसाधनहरुमा राष्ट्रिय झण्डा सहित अनशन चौतारीमा जम्मा भै नेकपा पार्टी कार्यालय जाने बाटो हुदै जिल्ला प्रहरी कार्यालय जानेवाटोबाट, ब्यास-४ स्थित ट्राफिक प्रहरी कार्यालय हुदै भोर्लैटार चोक ,डाँग्रेखोल्सी,अमरापुरी हुदै ब्यास-१ भादगाउँ परिक्रमा पश्चात् विसघरेबाट पुन :अनशन चौतारीबाट सफासडक हुँदै पृथ्वी राजमार्ग स्थित ट्राफिक चोकमा गएर कार्यक्रम विसर्जन हुने राष्ट्रबादी अभियान तनहुँका सल्लाहकार विनोद घर्तीले जानकारी दिए।
सल्लाहकार घर्तीले कुनै पनि राजनैतिक पार्टी भन्दा माथि उठेर हामी राष्ट्र ,राष्ट्रियता ,लोकतान्त्र र राजसंस्था प्रति पुर्णरुपमा बफादार रही वर्तमान सरकारको अधिनायकवादी शैली ,भ्रष्टाचारी प्रवृत्ति ,अराजकता ,अस्थिरता , वढ्दो मंहगी र वेरोजगारीका विरुद्धमा सशक्त आन्दोलन आयोजना गरिएको हो ,उनले भने ।
राष्ट्रवादी अभियान तनहुँकि सल्लाहकार एब्म समाज सेवी महिला नेतृ गौमाया श्रेष्ठले पत्रकार सम्मेलनमा बोल्दै सिङ्गो नेपाल खण्ड खण्ड बन्दै गएको प्रति दुख व्यक्त गरिन, उनले नेपाल को सम्पत्ति दिन ,दिनै लुटिदैगएको छ हाम्रो देशको साझा सम्पत्तिहरु लुटिएका छन , राष्ट्रियता बेचिन लागेको छ, अब हामी सबै राष्ट्रवादी शक्ति देश बचाउन एक हुनु जरुरी छ ।सल्लाहकार श्रेष्ठले भनिन् , सुनेर पनि नसुने झैं गर्ने बहिराहरु राष्ट्र को ढुकुटी सिध्याउने विभिन्न जाल र प्रपंचमा व्यस्त छन् उनीहरु देखि होसियार हुनुपर्ने छ उनले भनिन् । राष्ट्र र राष्ट्रियताको लडाइँ देखि आफ्नो मुहार लुकाइ, पुर्खाले कोरेको इतिहास बिर्सनेहरु देखि होसियार रहनुपर्नेमा उनले जोड दिदै विसुद्द नेपाली जनताको राष्ट्रियता प्रतिको कदरगर्दै वृहत् कार्यक्रममा लाग्न आग्रह गरिन।
यस्तै समाजसेवी एब्म राष्ट्रवादी अभियानका सल्लाहकार राजेन्द्र अधिकारीले नेपाली आमाबुबा, दाजुभाइ,दिदिबहिनी सबै मिलेर राष्ट्र लाइ जोगाउन हृदय देखि नै नतमस्तक भएर लाग्न आवहान गरे ।उनले खण्ड खण्ड नेपाल लाइ सिङ्गो नेपाल बनाउ । नेपाल रहे नेपाली भन्न सकिन्छ। विकास र निकास हामी सबै को लक्ष्य हो उनले भने।
अधिवक्ता विजयकुमार शाहीले वर्तमान सरकारको तानाशाही प्रवृत्ति प्रति र अधिनायकवादी शैलीको भण्डाफोर गर्न र बड्दो वेरोजगारी,भोकमरी र अराजक्ताका विरुद्धको वृहत् प्रतिकार स्वरुपको चेतावनी युक्त कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए।
राष्ट्रवादी अभियान तनहुँका अध्यक्ष सफिक मियाँले पत्रकार सम्मेलनमा देश भ्रष्टाचारको दलदलमा फसेको जनतावेरोजगारी ,अशिक्षा ,अन्दकारमा फसेकोछ ,देेेेशमा २० वर्ष उमेर पुगेका तरुण समुहका युवाहरुलाई विदेश जानुपर्नै वाध्यता हुनु अतिनै दुखद भएको बताए । देशका दर्जनौं कल कारखानाहरु बन्द भएका छन ,दक्ष जनशक्ति विदेश पलाएन भए , उर्वर खेतीयोग्य जमिन बाँझो राखेर परनिर्भर भै रहनु हाँस्यस्पद भएको बताए । सबै युवाहरु काँधमाकाँध,हातमा हाँतमा हाँत मि
लाएर राष्ट्रिय झण्डा मुनि एकै साथ रहेर राष्ट्रलाई धमिराहरुले धमिराखलगाएर सखाप पार्न प्रयासरत रहेपनि देशका विभिन्न जिल्लाहरुमा भएगरेका चरणवद्द आन्दोलनबाट खवरदारी भएको छ उनले भने ।
कुनै पनि राजनैतिक सघ सस्थाको नभै ,नेपालीको राष्ट्रिय झण्डा मुनि रहेर कार्यक्रममा सहभागी हुन राष्ट्रवादी अभियान तनहुँले सवै जिल्ला वासीहरु कार्यक्रममा उपस्थिति हुन समेत आवहान गरेको छ।