यौनजन्य अपराध विरुद्ध अभियान शुरु

पत्रकार भेटघाट कार्यक्रममा साक्षातकार गराउने क्रममा प्रहरी उपरीक्षक पौडेलले सार्वजनिक सवारीसाधन र होटलहरुमा सादा पोषाकमा विशेष प्रहरी पठाउने ,होटलमा गरिने यौन धन्दालाई नियन्त्रणमा लिने, उच्च सुरक्षा दिलाई निगरानी गरिने र यौन दुर्ववहार गर्ने उपर कडा कार्वाही गरिने छ उनले भने।
उक्त कार्यक्रमककि प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँकि उपप्रमुख पवित्रा पौडेलले सार्वजनिक सभा,गोष्ठी ,होटल ब्यवसायहरुमा महिलाहरूलाई विभिन्न समयमा नजानिदोपाराले संवेदनशील अंगमा छोएर ,स्पर्श गरेर ,साँकेतिक भाषा प्रयोग गरेर हिंसात्मक गतिविधिवाट महिला वर्गलाई हुन जाने नकारात्मक असरका विरुद्धमा प्रहरी कार्यालय तनहुँले शुरु गर्न लागेको अभियान अतिनै सराहनीय भएको भन्दै यस्ता पवित्र मानवीय कार्यले निरन्तरता पाउन जरुरी रहेको वताईन्।
यस्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले कुनै पनि ब्याक्तिले नियतवश करकाप,डरधम्की ,जोर जुलुमगरि यौनजन्य गतिविधि गरे गराएको ठहर भए वा प्रत्येक्ष संग्लन रहेको ठहर भए त्यस्ता ब्याक्ति उपर तुरुन्तै कार्वाहीको दायरामा ल्याउने उनले वताए ।
जिल्ला प्रहरी कार्यालय तनहुँकि प्रहरी निरीक्षक सविता केसीले संचालन गरेको उक्त कार्यक्रममा ब्यास भूमि यातायात ब्यवसायीका पुर्व अध्यक्ष राजकुमार श्रेष्ठ (राकु),क्षेत्रिय होटल ब्यवसायी सघका वरिष्ठ उपाध्यक्ष विकास खनाल, महिला सशक्तीकरण संचार समाजकि अध्यक्ष प्रकृति खनाल( न्यौपाने ),नेपाल पत्रकार महासघ तनहुँ शाखाका पुर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई लगाएतले पटकपटक हुने यस्ता चेतनामूलक समय सान्दर्भिक र यथार्थ परक कार्यक्रमले नागरिकमा सचेतना जगाउने र आमनागरिकमा यौनजन्य अपराधका घटनामा संलग्नहुन नदिन प्रेरणादायी भुमिका निभाउने भन्दै जिल्ला प्रहरी कार्यालय र सो कार्यक्रम स्वागतयोग्य भएको बताए ।

Like