तनहुँका नेताहरु सबै मिलेर जिल्लाको विकास गर,कुरा भन्दा काम गरेर देखाउ ,जनताको मन जित………………………. -अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश तनहुँ
खै तनहुँमा के विकास भएको छ? नेताहरु काम भन्दा कुरा ठुला गर्ने ?? पक्की पुलको कुरा छाडौ विकट स्थानमा झोलुङ्गे पुल नभएर प्रत्येक बर्ष मान्छेलाई खोलाले बगाएर मरेका छन।खानेपानी नभएर जिल्लाका विभिन्न स्थानहरूमा गाँउलेहरुले घण्टौ हिड्नु र कुर्नु परिरहेको छ।विजुली बत्ती नभएर मान्छे अन्धकारमा बस्न अहिले सम्म वाध्य भएका छन्। माध्यमिक विधालय छैनन् ,दक्ष शिक्षक नेताको सोर्स फोर्समा बजार र पायक पर्ने स्थानमा अध्यापन गराएका छन ,गाँउमा शिक्षक नभएर शैक्षिक गुणस्तर शुन्य छ। सुत्केरी र विरामी मान्छेले गाँउमा स्वास्थ्य सेवा पाएका छैनन् विरामीले उपचारका लागि एम्बुलेन्स नपाएर दैनिक मृत्युको सिकार भएका छन।अस्पतालमा सिटामोल,जीवन जल विरामीले नपाएर दैनिक तेसै फर्किएका छन।स्वास्थ सामाग्रीको उचित ब्यबस्था छैन। युवाहरु भोकमरी र बेरोजगारीले ग्रसित छन्। डिग्री होल्डर हजारौं युवा लागूऔंषध,जुवा तास,कौडा,चोरीपैठारीमा,लुटपाट र झैझगडा गरेर मारिएका छन। निर्दोष युवाहरु काटाकाट, मारामारमा दैनिक प्रहरीको फन्दामा परेका छन। जिल्लामा उधोग, कलकारखाना र आयश्रोतको कुनै माध्यम छैन। युवाहरु टेन्डरमा लडाइँ झगडा गरेर जीवन विताउने गरेका छन । यी विषयमा नेताहरु मुखदर्शक बनेको देखिन्छ। सोझा सिधा जनताका छोराछोरीलाई हतियार बनाउने र आफू उनीहरुको तागत र मस्सकतमा हैकम जमाउने नेताहरु विस्तारै जनताबाट तिर्सकृत,घृणित र अपहेलित हुने छन। यी विषयहरु थाहा हुदा हुँदै पनि संगठ सुदृढीकरण प्रति,आफना कोर कार्यकार्ता प्रति ,विकास निर्माणका विषयमा गम्भीर नहुनु भनेको नेताहरुकालागि ठुलो समस्या र घातक परिणाम हुनु हो ।यश विषयमा सचेत हुननसके नेताले राजनीति बाट सन्यास लिनुको विकल्प हुदैन गम्भीर सोचनिय विषय बनेको छ। वेलामा सचेत हुनु विकासवादी र त्यागी नेता बन्नु पर्ने बेला आएको छ।