पर्यटकको पर्खाईमा गलेखामकोट
जिल्लाको अतिनै महत्त्वपूर्ण धार्मिक एब्म् पर्यटकीय स्थल मानिने गलेखाम कोट उचित प्रचारप्रसारका कारण ओझेलमा परेको छ। सदरमुकाम दमौली देखि पृथ्वीराजमार्गको कन्टार,पतेनीटार,बर्राबोट,नेपाल टार मादबेसी,बार्हविसे हुँदै उक्त स्थानमा पुग्न१६ कि.मि उत्तर- पश्चिममा पुुुुग्न सकिन्छ । साँँगे फाँँट,वन, हरियाली ,हुँदै पुगिने गलेखाम कोट जङ्गल को बीच भागमा रहदा अतिनै रमणीय देखिन्छ । नेवार समुदायको बाक्लो बस्ती रहेको र सोही समुदायको बाहुल्यता रहेको उक्त स्थानमा पर्यटकहरुलाई टाडा- टाडाका प्राकृतिक संम्पदाहरुलाई नजिकैबाट नियालेर हेर्न सरल र सहज होस भन्ने उदेश्यले भ्यु टावरको निर्माण गरिएको छ। उक्त भ्यु टावरबाट विभिन्न छिमेकी जिल्लाहरुमा लम्जुङ,स्याङ्जा , गोर्खा र कास्की जिल्ला सजिलै देख्न सकिन्छ। आन्तरिक एब्म् बाहिय पर्यटकहरुकालागि खान र बस्नका लागि उचित ब्यबस्था रहेको छ भने पर्यटकहरुका लागि सविधा युक्त आरमदायी ४ कोठे पक्की आवास भवन निर्माण गरिएको छ। युवा सफल ब्यबसायी सरोज भण्डारी भन्छन, बिहानी को सुर्यदय हेर्न का लागि गलेखाम कोटमा पर्यटकहरु आउने गरेका छन् भने ,सो कोट बाट बेसी तिर देखिने बादल अझ मनमोहक देखिन्छ बिहानी सुर्यउदयका समयमा मोती जस्तै टल्कने हिमाल हेर्न का लागि पनि पर्यटककालागि उपयुुक्त स्थान बनेको ब्यबसायी भण्डारी बताए। गलेखाम कोट जिबन मा १ पटक अबस्य पुग्नै पर्ने ठाउ हो भण्डारी भन्छन् । यस स्थानमा कोटभैरबी शीत आफुले चाहेको कुरा माग्दा मनोकामना पूरा हुने धार्मिक विश्वास लिईएको छ। पर्यटन प्रवर्द्धन र मनोरम दुश्यावलोकनकाका हिसाब ले पनि अति उपयुक्त स्थान को रुपमा गलेखाम कोट लाई लिनेगरिएको छ।