अन्जनराज न्यौपाने ,काठमाडौं नेपाल प्रहरीका नायव महानिरीक्षक( डिआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा भएका छन्। वि,स२०४९ साल चैत १२ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका नेपाल प्रहरीका मातहतहरुमा तालिम केन्द्र, एकेडेमी, गण, अपराध अनुसन्धान महाशाखा, महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौँका धेरैजसो सबै युनिटको कमाण्ड सम्हालिसकेका छन्। गृह मन्त्रालयका गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बढुवा सिफारिस समितिको वैठकले पोखरेललाई एआईजीमा बढुवा गरेको ।