पशुपति अन्नपुर्णा आश्रमका प्रमुख संरक्षकबाट मन्दिर मुर्ती हस्तान्तरण
रासंसा/मार्ग ९, पशुपति अन्नपुर्णा आश्रमका प्रमुख संरक्षक एवं राष्ट्र संरक्षण साप्ताहिकका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदिश वैद्यले काठमाण्डौ जिल्ला किर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित जल बिनायक गणेश मन्दिरलाई हराएको नासेको सबै मुर्ति पुन राख्ने क्रममा मन्दिरको गर्भ गृहको गणेश मुर्ति एक थान, सिंह दुई थान, अस्थ मण्डल दुई थान हस्तान्तरण गर्नुभयो । महालक्ष्मी नगर पालिका वडा नम्बर ८ लुभु देबननी टोलमा बि.स. २०१८ साल बैशाखमा जन्मेका रास्ट्रिय समाजसेबि प्रा.डा.जगदीश वैद्यले किर्तिपुर नगरपालिका वडा.न ६ चोभार जल बिनायक गणेश मन्दिरमा हराएको नासेको सबै मुर्ति पुन राख्ने क्रममा एक कार्यक्रमकासाथ प्रमुख अतिथि काठमाडौ जिल्ला समन्वय समितिका प्रमुख शिव सुन्दर राजवैद्यज्यूको हात बाट हस्तान्तरण भयो। यश अघि पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष के बि सम्राटका हस्तबाट ४७२ किलोको घण्ट राष्ट्रिय समाजसेवी प्रा. डा. वैद्यबाट उपलब्ध गरि हस्तान्तरण भएको थियो । वैद्य किर्तिपुर नगर पालिका वडा.६ को प्रमुख सल्लाहकार समेत हुनुहुन्छ । वडामा कर्कटेश्वोर महदेवको मुर्ती, घण्टा तयार गरि वडामा जिम्मा दिईसकेको तर हस्तान्तरण हुन बाकी रहेको डा. वैद्यले भन्दै निकट भविस्यमा अस्पताल बनाउने र सो अस्पतालको अध्यक्ष समेत रहेको उहाँ बताउनुहुन्छ । स्वस्थ्य सेवा समितिमा यश साप्ताहिकका सम्पादक के बि सम्राट पनि बोर्ड सदस्य रहनुभएको वडाध्यक्ष नुच्छे बहादुर महर्जनले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी शिव सुन्दर राजवैद्यले समाजमा यस्ता कार्य गर्ने समाजसेवी कमै हुन्छन । उहाँले गर्नुभएको समाजसेवा राष्ट्रमा उदाहरणिय कार्य भएकोले र राष्ट्रले नसकेको समाजसेवा कार्य पनि उहाँले गरेर दखाएपछी राष्ट्रले राष्ट्रिय समाजसेवी पद ग्रहण गरेको बताउनुभयो । वडाध्यक्ष नुच्छे बहादुर महर्जनले जलविनायक मन्दिरलाई मन्दिर निर्माणका लागि आवश्यक सामग्रीहरु सबै पशुपति अन्नपुर्णा आश्रमका प्रमुख संरक्षक एव यश वडाका प्रमुख सल्लाहकार राष्ट्रिय समाजसेवी प्रा. डा. जगदिश वैद्यले यश वडाका लागि भरपुर्ण समाजसेवा गर्दै आउनुभएको र भविस्यका दिनमा पनि वडालाई शिक्षा, स्वास्थ्य र पर्यटनका लागि सक्दो समाजसेवामा अभिप्रेरित हुनुहुने छ भन्ने आशा राख्नुभयो । कार्यक्रममा वडावासी, विशिष्ट श्रेणिका ब्यक्तित्वहरुको उपस्थिति थियो ।