विधालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

Share to:
अन्जनराज न्यौपाने ,तनहुँ

सर्वज्योति माध्यमिक विधालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ। गरिव तथा जेहेन्दार विधार्थीहरुलाई ३० थान कपीकलम वितरण गरिएको हो । व्यास नगरपालिका – १० दुम्सिचौरका स्थानिय भोजराज अधिकारीले सोही वडामा अवस्थित सेवरमा रहेको सो विद्यालयका ३० जना बिद्यार्थीहरुलाई कलम र कापि हस्तान्तरण गरेका हुन्। । उक्त सामाग्री सामजसेवी खड्गबहादुर अधिकारीले प्रदान गरेका हुन्।
सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन तिमल्सेना विधालयमा विभिन्न समयमा अतिविपन्न वर्गका विधार्थीहरुलाई सहयोग हस्तान्तरण गरिदा विधार्थीहरुलाई विधालय जान , पठनपाठनमा उच्च मनोबल पुगेको वताए । विद्यालयका प्रधानाध्यापक भरत काफ्लेले जेहेन्दार, गरिव र न्यून वर्गका विधार्थीहरुलाई प्राप्त शैक्षिक सामाग्रीले उनीहरूको शैक्षिक मनोबलमा विधालय जाने र दैनिक पठनपाठनमा अनिवार्य उपस्थिति हुन थप टेवा पुगेको बताए । समाज सेवी खण्डबहादुर अधिकारीले आगामी दिनहरुमा अझ सहयोग गरिने प्रतिवद्दता ब्यक्त गरे।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *