प्रसिद्ध मादीनदीमा धुमधामका साथ छठ पर्व मनाईयो ……………………… -अन्जनराज न्यौपाने , गण्डकी प्रदेश नेपाल
जिल्ला स्थित ब्यास-३ मा अवस्थित २८ औं ब्यास र उनका पिता पराशर ऋषिको संगम स्थल भगवानको जन्म भुमिमा मादीर सेती नदीमा श्रद्धालु हिन्दु धर्मावलम्बीहरुले शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ श्रद्धा एवं हर्षोल्लासपूर्वक सम्पन्न भएको छ।विशेषगरी ,आराध्यदेव भगवान सूर्यनारायणको पुजा आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्ने प्रचलन रहेको भारत मतिहारी जिल्ला घर भै हाल ब्यास-२ भोर्लेटार चोक सगै चटपट ब्यबसाय गर्दै आएका शिवजि जैशवालले वताए ।
छठ पर्वमा सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा यो पर्व मनाईएको हो स्थानीय ब्यास २ निवासी मधुकुमारी गुप्ताले बताईन। यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको रोहन चटपट पसलका प्रोपाइटर सरोज जैशवालले वताए ।
हिन्दुधर्ममा विशेषगरी अतिनै महत्त्वपूर्ण चाडकारुपमा मानिने छठ पर्वमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ भनिएको छ।
यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ । छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरूसमेत रहेको छ ।
वैज्ञानिक, ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।
ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ ।
यसै बीच जनकपुरधाममा श्रद्धालुहरू इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा यो पर्व गए रातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् । गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालुहरूले जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठ पर्वको समापन गरिएको छ। प्रसिद्ध मादी नदिमा ४ सय वडी हिन्दु धर्मावलम्बीहरुले छठ पुजा मनाएका थिए। विशेषगरी भारतीय मुलका र तराई मधेसका वासिन्दाहरुले मनाउने गरेको यस पर्व कोभिड-१९ काकारण यसपालि प्रसिद्ध मादी ,सेती ,मर्स्याङ्दी र देवघाट धामको काली गण्डकी र त्रिशूलीमा ठुलो भिड्भाडका साथ मनाईएको छ।
छठ् पर्वमा सामुहिक पुजाआराधनामा ब्यस्त भक्तजनहरु
भगवान सुर्यनारायण, शिवजि र गंगामाताको पुजाकालागि फलफूल प्रसाद
[ सुख,शान्ति ,दिर्गायु , प्रगति र सु- स्वास्थ्यकालागि पुजा गर्दै -शिवजि जैसवाल ]