वरिष्ठ उपाध्यक्ष सम्राट द्वारा स्वतन्त्र प्रेस ज्याकेट महासचिव न्यौपानेलाई हस्तान्तरण

Share to:

रासंसा/तनहुँ,

पशुपति अन्नपूर्णाआश्रमका केन्द्रीय अध्यक्ष एवं स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष के बि सम्राट र आश्रमका गण्डकी प्रदेश धार्मिक समिती संरक्षक शान्तिस्वरुपानन्द दामोदर बाबाबाट स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव एवं पशुपती अन्नपुर्णा आश्रम प्रेस समिती गण्डकी प्रदेश प्रमुख अन्जन राज न्यौपानेलाई प्रेस ज्याकेट हस्तान्तरण गर्नुभयो ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष के. बि. सम्राटले स्वतन्त्रको प्रेस ज्याकेट ७७ वटै जिल्लाका लागि तयार भएको बताउदै अब निकट भविष्यमा प्राय सबै जिल्लामा जिल्ला समिति गठन गर्दै महासंघ हुने बताउनुभयो । मुलुकमा स्वतन्त्र र स्वच्छ समाचार जनतामा सुसुचित गर्नु स्वतन्त्र पत्रकारहरुको कर्तब्य हो भन्दै सबै जिल्लाका स्वतन्त्र पत्रकार संघ नेपालका समितिहरुलाई संगठित हुन आग्रह गर्नुभयो । कार्यक्रममा पशुपति अन्नपुर्णा आश्रमका गण्डकी प्रदेश धार्मिक समिति संरक्षक शान्तिस्वरुपानन्द दामोदर बाबाले प्रदेश प्रेस समिति प्रमुख अन्जन राज न्यौपानेलाई शुभ आशिर्वाद दिदैं भविष्यका दिनहरुमा जनता सामु स्वच्छ र स्वतन्त्र रुपमा समाचार सुशुचित हुन सकोस र आगामी दिनहरुमा पशुपति अन्नपुर्णा आश्रम र स्वतन्त्र पत्रकार संघको सहकार्य गर्दै अगाडी बढ्न सकोस भन्नुभयो ।

गण्डकी प्रदेश प्रेस समिति प्रमुख अन्जन राज न्यौपानेले स्वतन्त्रको स्वच्छ र समसामयिक समाचार जनतामा पुग्न स्वतन्त्र पत्रकारहरुले मात्र गर्ने भएकाले हामि सबै पत्रकारहरु एकेबद्दता हुन जरुर रहेको बताउदै आफुलाई दिएको जिम्मेवारी पुर्णतासाथ गर्ने बताउनुभयो ।

पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रिय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकालीले महासचिव न्यौपानेलाई आशिर्वचन दिदै पशुपतिनाथले हामी सबैको कल्याण गरुन भन्नुभयो । कार्यक्रममा पशुपति अन्नपुर्णा आश्रमका गण्डकी प्रदेश सल्लाहकार गोविन्द बाबा इलाम जिल्ला युवा समितिका संयोजक दुर्गा प्रसाद गर्तौला शान्ति माता तथा अन्य पत्रकार तथा धार्मिक नौयायिहरु उपश्थिति थियो ।

8You, Rakshya Giri, Anjan Rneupane and 5 others3 commentsLikeCommentShare

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *