पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय अध्यक्ष के. बि. सम्राट स्वास्थ्य सेवा समितिको सदस्य पदमा नियुक्ति भएकोमा हार्दिक बधाई

Share to:

पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय अध्यक्ष के. बि. सम्राट स्वास्थ्य सेवा समितिको सदस्य पदमा नियुक्ति हुनुभएको छ । किर्तिपुर नगरपालिका वडा न. ६ को मिति २०७७ साल कार्तिक १६ गते बसेको बैठकले नेपाल सरकार स्वास्थ्य ऎनम तोकिएको बमोजिम नियम पालना गर्ने गरि ५ वर्षको लागि स्वास्थ्य सेवा समितिमा नियुक्ति हुनुभएको हो ।

समितिमा पशपति अन्नपुर्णा आश्रमका प्रमुख सल्लाहकार तथा यस राष्ट्र संरक्षण साप्ताहिकका पनि प्रमुख संरक्षक रहनु भएका राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्य अध्यक्ष र अरु अन्य सदस्यहरुमा पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय सदश्य एवं अन्तर्रास्ट्रिय समितिका अध्यक्ष प्रा. डा. ई. पदम लाल महर्जन पुर्व सहसचिव प्रा.डा. लब प्रसाद त्रिपाठी पशुपति अन्नपुर्णा आश्रमकी पुर्व महासचिव इन्दिरा जोशी र पशुपति अन्नपुर्ण आश्रमका केन्द्रिय सदस्य एवं महिला समिति संरक्षक संरक्षक कमल महर्जन हुनुहुन्छ । नियुक्ति भएका सबै पदाधिकारीहरुलाई पशपति अन्नपुर्णा आश्रमले हार्दिक बधाई तथा सुभकामना दिएका छन् । यस्तै स्वास्थ्य सेवा समितिमा नियक्ति भएका सबै पदाधिकारीहरुलाई राष्ट्र संरक्षण साप्ताहिक पनि हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ ।

Like