जिउदि भगवती माता भद्रकाली भद्रकाली मन्दिरमा सरिक
रासंसा/ कार्तिक ८, काठमाण्डौ, पशुपती अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष के बि सम्राट नवदुर्गाको आठौं दिन महाअष्टमीका दिन विभिन्न देविहरुका शक्तिपीठ्हरुको अवलोकन तथा निरीक्षणको क्रममा भद्रकाली मन्दिरको साक्षात जिउदि देवी माता भाद्रकलिकासाथ अवलोकन तथा निरिक्षण गर्नुभयो ।
माता भद्रकालीले भद्रकाली मा को दर्शन गर्ने क्रममा भद्रकाली मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुले राम्रोसंग व्यवस्थापन गरि दर्शन तथा पूजा गर्न सहजता अपनाएका थिए ।
आश्रमका अध्यक्ष के बि सम्राटले लाइनबद्द भक्तजनहरुसंग कुरा गर्दै विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ कोरोन भाइरसका कारण प्रत्येक शक्तिपीठहरुमा दर्शन गर्न असहजता भएकोले हामी सबैले नेपाल सरकारको नियम पालना गर्दै यी महत्वपुर्ण चाडपर्बहरु मनाउन आग्रह गर्नुभयो । मास्कको प्रयोग गरि कमसेकम २ मिटरको दुरी कायम गरि भगवती मा को दर्शन गर्नको लागि हामी सबैले सचेत भै सचेतना बाड्न पनि आग्रह गर्नुभयो । जिउदि भगवती माता भद्रकालीले पूजारिहरुलाई निर्देशन दिदै निरन्तर भगवतीको सेवामा लागि दत्त चित्त भएर भगवतीको सेवा गरेमा छिट्टै शान्तिको अनुभूति दिलाउने बताउनुभयो ।
लाइनबद्द भक्तजनहरु साक्षात जिउदि भगवती माता भद्रकालीको दर्शन गर्न पाउदा खुशी ब्यक्त गरेका थिए ।