मन नै त हो संसार – अम्बर बहादुर गुरुङ
पुस्कर राज पाण्डे, काठमाण्डौं, आषाढ १८/ विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले विश्वमै लक् डाउन गर्न वाध्यता भएको समयमा राजधानीको विभिन्न स्थानका घरमा ब्यबसाय गरेर बस्नेहरुलाई घरबेटिहरुको भाडा दिन धौ धौ भएको छ । यो विचमा आखिर मरेर कसले पो के लगेको छ र भन्ने अध्यात्मिक, धार्मिक व्यक्तित्वहरु पनि संसारमा छन् । ति मध्येका गोर्खा लार्पाक घर भै हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नम्बर ३ स्थित सामाखुशीमा स्थायी बसोबास गरि बस्ने श्री अम्मर बहादुर गुरुङले आफनो घरमा ब्याबसायी गरि बस्ने सबैलाई Covid -19 कोरोना भाइरसले सबैलाइ पिरोलेकोले ३ महिनाको भाडा नलिने बताउनुभएको छ । यसले ब्यबसयिहरुलाई हौसला प्रदान भएको छ भने अरु घरबेटीहरुलाई पनि मन तुलाबुल बनाएको छ । मानिस जन्मिन्छ र उ एकदिन मर्नुपर्छ तर, मर्दा उसले केहि लादैन यो ध्रुबसत्य कुरा हो । यसैले यस विषमपरिस्थिति समयमा मेरो घरमा मात्र होइन अरु जहाँ कहिँ बस्ने व्यवसायीहरुले कुनै ब्यबसाय गर्न पाएका छैनन अनि ब्यबसाय गर्न नपाएपछी घरको भाडा कसरी तिर्न सक्लान भनेर मेरो घरमा बस्ने ब्यबसायीहरुलाई ३ महिनाको भाडा नलिने उहाले बताउनुभयो । हामी सबै मानिसले मानिसको मर्म बुझ्यौ भने मात्र धर्म बुझ्छौ नत्र धर्म गरेको काम नलाग्न सक्छ भन्दै उहाले अरुले पनि मेरो जसरि मर्म बुझीदिए ब्यबसायिहरु अझ जोस जागर थपेर काम गर्ने थिए कि भन्नुभयो ।
Comments are closed.