स्वतन्त्रको उपत्यका जिल्ला पदाधिकारी भेलामा धान दिवस मनाउदै जुजु दहिका साथ चिउरा भोज
धान दिवस तथा दहि च्युरा खाने मुलुककै वर्षको शुरुको चाड असार १५ को अवसर पारेर स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुर शाखाले उपात्यकाका तीन जिल्ला काठमाडौ, भक्तपुर र ललितपुर जिल्लाका पदाधिकारीहरुको परिचयात्मक कार्यक्रमकोआयोजना गर्यो । कार्यक्रम स्वतन्त्र पत्रकार संघ भक्तपुर शाखा अध्यक्ष डा. इन्दुल के सि को सभापतीत्वमा भएको थियो भने संघका प्रमुख सल्लाहकार पत्रकार अग्रज राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापती रामकृष्ण कर्माचार्यको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा संघको राष्ट्रिय समितिका तर्फबाट वरिष्ठ उपाध्यक्ष के बि सम्राट, सहकोषाध्यक्ष लक्ष्मी श्रेष्ठ, केन्द्रिय सदस्य कृष्ण किसिको उपस्थिती थियो । कार्यक्रममा माता भद्रकाली तथा तिनै जिल्लाका पदाधिकारी तथा आमन्त्रित सदस्यहरुको उपस्थिति थियो भने कोरोना भाइरसको भौतिक सामाजिक दुरि कायम गरि सन्चालन गरिएको थियो । कार्यक्रमको विषयमा प्रकाश पार्दै डा. इन्दुल केसि ले स्वतन्त्र पत्रकार संघ भक्तपुर शाखाले उपत्यकामा भएका पत्रकारहरुको स्वतन्त्र पहिचान होस धान दिवस दहि च्युरा खाने गरि मनाउने र भक्तपुर शाखाले एबिसी अनलाइन सन्चालन भइ रहेको र यसलाई बिस्तार गर्ने प्रस्ट्याउनुभयो । वरिष्ठ उपाध्यक्ष के बि सम्राटले स्वतन्त्र पत्रकार संघको प्रेस ज्याकेट र संघको परिचय पुस्तिका तयार हुँदै गरेको र निकट भविस्यमा हामिमा आईपुग्ने बताउदै स्वतन्त्रका भाबी योजना बारेमा बोल्नुभएको थियो । ललितपुर जिल्ला अध्यक्ष बद्री दुलालले अब हामी स्वतन्त्र रुपमा अगाडि बढ्ने समय आएको छ र ललितपुर जिल्ला अब नयाँ समितिका साथ नयाँ ढङ्गले अघि बढ्ने बताउनुभयो भने काठमाडौं शाखा अध्यक्ष एवं राष्ट्रिय नागरिक विकास समाजका अध्यक्ष महेश जङ्ग कुन्वरले कोभिड १९ कोरोना भाइरसको महामारीले लक डाउनको कारण विषम्परिस्थितिमा परेका अति ब्युत्पन्न परोवारलाई राहत स्वरुप विभिन्न सहयोगी हातहरुबाट उपलब्ध खाद्यान्न तथा अति आवश्यक वस्तुहरु जिल्ला शाखा काठमाडौ एवम् केन्द्रबाट वितरण गरेको स्मरण गराउदै भावी योजना बारे प्रस्ट्याउनु भयो । सहकोषाध्यक्ष लक्ष्मी श्रेष्ठले केन्द्रबाट निर्देशित कार्यहरू पालना गर्न स्पष्ट नभएको भन्दै अब स्पष्टसङग निर्देशन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका प्रमुख सल्लाहकार पत्रकार अग्रज रामकृष्ण कर्माचार्यले आफुले गरेका पत्रकारिताको स्मरण गर्दै अबका दिनहरूमा पत्रकारिता साच्चिकै स्वतन्त्र हुनुपर्नेमा जोड दिनुभयो । पत्रकारिताको धर्म र राज्यको दायित्वलाई मनन गर्नुपर्नेमा प्राय सवै पत्रकारहरुको त्यो नभएको स्पष्ट पार्नुभयो । उपत्यकाका तीन जिल्लाको सन्युक्त प्रावधानमा उपत्यका समिती गठन गरेको छ । उपत्यका समितिमा काठमाडौं जिल्ला अध्यक्ष महेश जङ्ग कुन्वरको संयोजकत्वमा ७ सदस्यीय समिती गठन गरेको हो । समिती सदस्यहरुमा काठमाडौ जिल्ला सचिव प्रताप राना मगर, ललितपुर जिल्ला अध्यक्ष बद्री दुलाल तथा सदस्य शंकर घिमिरे, भक्तपुर जिल्ला अध्यक्ष डा. इन्दुल केसि एवं सचिव रेनु त्वनाबासु रहेका छन भने सदस्य सचिवमा राष्ट्रिय सहकोषाध्यक्ष लक्ष्मी श्रेष्ठ हुनुहुन्छ । कार्यक्रम समापनपश्चात् तिनै जिल्ला अध्यक्षसङ्ग सेभ द नेशन अनलाइन टिभीले अन्तरसम्वाद गरेको थियो भने माता भद्रकालीले पत्रकार अग्रज एवं स्वतन्त्र पत्रकार संघ नेपालका प्रमुख सल्लाहकार रामकृष्ण कर्मचार्यलाई राष्ट्रिय पोशाक दौरा सुरुवाल प्रदान गर्नुभएको थियो ।