अब फेरी कोरोना पश्चात सलह
मुलुकमा पनि अब बालीहरुको नोक्सान

मुलुकमा पनि छिमेकी रास्ट्र भारतमा जस्तै बलि नोक्सान गर्ने सलाह किराहरुको प्रवेश भएको छ । केही समयदेखि चर्चामा रहेको सलह किरा भारतबाट नेपाल प्रवेश गरेको छ । आजै विहान साढे सातबजेदेखि आठ बजेको समयमा भारतको विहार हुँदै भैरहवादेखि नवलपुर क्षेत्रमा प्रवेश गरेको हुनसक्ने सलह किरा नियन्त्रणका लागि सरकारले गठन गरेको प्राविधिक समितिमा संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईले हामीलाई बताउनुभयो । उनले बथान कति ठूलो छ यकिन नभएकोले भारतबाट बथान फुटेर तितरवितर भएर आएको हुनसक्ने बताए । उनले भने,‘हामीलाई प्राप्त केही फोटो र भिडियो छन् तर ति स्पष्ट भएनन्, थप छलफलमा हाम्रो प्राविधिक समिति जुटेको छ ।’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले यस विषयमा आफूलाई जानकारी नआएको बताए । उनले भने,‘के रहेछ, म बुझ्छु ।’ ‘आएको जानकारी भएपछि कृषि ज्ञानकेन्द्रसँग समन्वय गरेर प्राविधिकहरु पठाएका छौं, थप जानकारी आउन बाँकी छ,’ उनले भने,‘ अहिले किरा यत्तिमै रुख र भुईंमा बसेको जानकारी आएको छ, सलह हो या त्यही प्रजातिको किराहो अनुन्धान गर्दै छौं ।’