जिल्ला प्रसाशन कार्यालय काठमाडौँको अनुगमनमा सार्बजनिक बस फन्दामा

Share to:

रा सं सा/आषाढ १२, विस्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको मुलुकमा लक् डाउनलाइ खुकुलो बनाउदा यहि आषाढ १ गतेदेखि जोर बिजोर निजि सवारी साधन संचालनमा ल्याउनुका साथै सबै किसिमका पसलहरु लक् डाउनका नियमलाई मध्यनजर राख्दै सामाजिक दुरी कायम गरि खोलिएको थियो . तर, सार्बजनिक यातायात भने संचालनमा नल्याउने भनि लक् डाउन खुकुलो बनाइ सर्वसाधारणहरुको जिविकोपर्जन्लाई सहज बनाइएता पनि विभिन्न बहानामा सार्वजनिक यातायातको प्रयोग भैरहेको पाइयो . जिल्ला प्रसाशन कार्यालय काठमाण्डौले गरेको त्यस किसिमको अनुगमनमा राजधानीका विभिन्नस्थानहरुमा सार्वजनिक बसमा दिएको पासको समेत दुरुपयोग भएको पाइयो . अझ कलंकीदेखि नागढुंगासम्म गरिएको अनुगमनमा बाहिरि जिल्लाबाट काठमान्डू भित्रिने यात्रीहरुले कति दुख पाए भन्ने त सिमा रहेन . महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डी एस पी घनश्याम श्रेष्ठका अनुसार सकेसम्म हामीले कन्ट्रोल गर्दा पनि बाहिरबाट आउनेको क्रम रोक्नलाई धौ धौ भएको बताउदै कारण राजनीति हो भन्नुभयो . नागढुंगाबाट कलंकीतर्फ फर्कने क्रममा ढुंगे अड्डामा एक पर्यटक बस ७८७९ ना ८ ख नम्बरको बस भारतीय नागरिक बोकेर बिरगंज् जान लाग्दा भारतीय नागरिकमात्र नभएको र जिल्ला प्रसाशन कार्यालय काठमाडौँको पास भएता पनि भारतीय दुताबासको पत्र नभएको कारण नियन्त्रमा लिएको अनुगमन टोलीका प्रशासकीय अधिकृत खड्ग श्रेष्ठले बताउनुभयो . यस्तै कलंकीमा छेक जाच गर्दा कैलाली धनागढ़िबाट धादिन्ग्सम्मा पास भएको ना ८ ख २०६१ नम्बरको बस र अर्को पर्यटक बस सुनौली जान लाग्दा नियन्त्रणमा लिएको पनि जानकारी श्रेष्ठले दिनुभयो . तिन वटै बसलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्ने निर्देशन दिएको बताउनुभयो . अनुगमन टोलीमा संचार केन्द्र नेपालका अध्यक्ष एवं प्रेस काउन्सिल नेपालका कार्यकारी सदस्य गोविन्द प्रसाद चौलागाईं, सभ द नेशन अनलाइन टिभीका अध्यक्ष के. बि. सम्राट, संजय शाहले अनुगमनमा धेरै सहयोग पुर्याएको श्रेष्ठ बताउनुहुन्छ .

Like