स्वतन्त्र पत्रकार संघको साधारणसभा स्थकित्

Share to:

रासंसा/आषाढ ११, स्वतन्त्र पत्रकार संघ नेपालको यहि आषाढ २० गते हुने भनिएको साधारण सभा विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको कारण मुलुकमा पनि लक् डाउन भएको कारणले स्थकित हुने भनी संघका वरिस्ठ उपाध्यक्ष के. बि. सम्राटबाट हस्ताक्षरित सुचनामा प्रकाशन गरिएको छ । सुचनामा संघका अध्यक्ष के. बि मसालको निर्देशनमा वरिस्ठ उपाध्यक्ष के. बि. सम्राटले सूचना प्रकाशन गरिएको हो । गत २०७६ फाल्गुण २७ गते संघको सचिवालय बैठक पाल्पाको निर्णय बमोजिम ज्येस्ठ महिनामा सबै जिल्ला शाखाहरुमा साधारण सभा सम्पन्न गरि केन्द्रमा प्रतिवेदन पठाई आषाढ २० गते साधारण सभा गर्ने मिति तोकेको थियो । सो बैठकमा स्वतन्त्र पत्रकारिता पुरस्कार समिति गठन गरिएकोसमेत थियो ।

Like