बजार अनुगमंमै शंका गर्नुपर्ने अवस्था भएको छ
राजधानीमा संचार केन्द्र नेपालले गरेको बजार अनुगमन र अबको बाटो विषयक कार्यक्रममा प्रमुख अतिथि काठमान्डौ प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको उपश्थिति थियो . तर, उहा प्रा. जी. अ. हो कि होइन भन्ने प्रश्न एक सहभागीले भने . किन प्रश्न उठ्यो, किनभने उहा प्रा जी अ जस्तो पोशाकमा हुनुरहेनाछ उहाको जवाफ आयो अनि फेरी प्रश्न उठ्यो पोशाक त लगाउनु भएकै छ त, फेरी उहाको सवालको जवाफ आयो कि राष्ट्रिय पोशाक पो लगाउने होइन र भन्ने . यहि प्रश्नले हाम्रो मन पनि कटक्क खायो कि जिल्लाका राजा जस्ता प्रमुख जिल्ला अधिकारीलाइ त राष्ट्रिय पहिचान जस्तो पोशाकको कदर रहेनछ भने हामि सर्वसाधारणहरुलाई ख्याल होला नहोला . प्रश्न परश्नै रह्यो अनि कार्यक्रम केन्द्रका अध्यक्ष एवं प्रेस काउन्सिल नेपालका कार्यकारी सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्द प्रसाद चौलागाईको सभापतित्वमा शुरु भयो . कार्यक्रममा प्रमुख अतिथि काठमान्डौ प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको आशन ग्रहण हुँदै विशेष अतिथि, अतिथि गणहरुलगायत उपस्थित सबै तहतप्काका सहभागीहरुको पनि आशन ग्रहण भयो . कार्यक्रममा सभापतिको आसनबाट केन्द्रका अध्यक्ष गोविन्द चौलागाईले कार्यक्रममाथि प्रकाश पार्नुभयो . कार्यक्रममा उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन, युवा अभियन्ता परशुराम बस्नेत, राजधानी राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डित, राष्ट्रिय अपराध अनुसन्धान महाशाखाका प्रमुख दिपक थापा, ट्राफिक प्रहरी प्रमुख भिम प्रसाद ढकाल, बाणिज्य तथा आपूर्ति विभागका निर्देशक नेत्र परसाद सुबेदीको आतिथ्यता थियो . कार्यक्रममा सबै अतिथिहरुले बजार अनुगमनमा ख्याल ठट्टा गरे अझै विश्म्परिस्थिति आउनसक्ने कुराहरु प्रस्ट्याउदै कोभिद १९ कोरोना भाइरसभन्दा पनि ठुलो भाइरस भनेको नै कला बजारी गर्नेहरु हो जसले बजारमा कमाइ खाने भाडो बनेको र उपभोक्ताहरुलाई ठग्ने प्रवृति बढ्दै गएको बताउदै अब यसलाई नियन्त्रण गर्न सरकार कठिबद्द रुपमा नलागे भयानक स्थिति आउने बताए .