पशुपति अन्नपुर्णा आश्रमले विश्वब्यापी रुपमा अध्यात्म फैलाउने – राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्द्य

Share to:

पशुपति अन्नपुर्णा आश्रम संस्थाका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्यले पशुपति अन्नपुर्णा आश्रमको पहिचान भिन्दै रहेको छ . विश्वमा सबै किसिमका आपराधिक घटनाहरु घट्ने गर्दछन ति सबै अध्यात्मका नकारात्मक संकेत दिएको ठान्नु पर्दछ . विश्वमा नकारात्मक संकेत दिंदापनि मानिसहरु नकारात्मक कार्य गर्न भने छोड्दैनन . अब यस्ता कार्यबाट पशुपति आश्रमले विश्वब्यापी रुपमा अध्यात्म फैलाएर नकारात्मक होइन सकारात्मक क्रियाकलापमा आउने बताउनुभएको छ . सेभ द नेशन अनलाइनले टेलिफोनमा कुरा गर्दै वैद्यले सो बताउनु भएको हो . मानिस भएर सबै प्राणी जगतको संरक्षण तथा सम्बर्दन गर्नुको सट्टा विनाश गर्ने कार्यमा अघि सरेको हुनाले विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसले पहिलो लक्षण दिएको र यसले अब मानिसमा ठुलो चेतना थपिएको बताउनुभयो . मानिसले मरेको चिज र कुहेको चिज खान बन्चित हुनु अति आवश्यक छ . जब मानिस मरेको कुरा तथा कुहेको कुरा खान शुरु गर्छ त्यहिदेखी उसको नकारात्मक क्रियाकलाप शुरु हुन्छ . सकारात्मक सोच, भावना र कर्म गर्न उ पछी पर्दै जान्छ . त्यसैले अब विश्वमा कोरोना भैरसले यो संदेश दिएको छ कि कुहेको चिज र मरेको चिज मानिसले खानु एवं सेवन गर्नुहुँदैन . विश्व स्वास्थ्य संगठन WHO ले पनि यसलाई मान्यता दिएको पुस्टि भैसकेको छ . यसैले पशुपति अन्नपुर्णा आश्रम संस्थाले विश्वब्यापी रुपमा अध्यात्म फैलाउने छ .

Like