कर्णालीमा हवाई उडान ठप्प भएका कारण म्याराथनमा भाग लिन आएका विदेशी खेलाडी फर्किए
रासंसा/जुम्ला, चैत्र २१ ,\
मुलुकमा जहाज नहुँदा कर्णाली प्रदेशका हिमाली जिल्लामा एक सातादेखि हवाई उडान ठप्प भएको छ । पर्यटक ओसार्न जहाजहरू पूर्वतिर गएपछि कर्णालीका हिमाली जिल्लाहरूमा हवाई उडान प्रभावित भएको हो । जुम्ला, हुम्ला, मुगु, डोल्पामा सुर्खेत नेपालगन्जबाट दैनिक उडान भर्ने जहाजहरू विगत एक सातादेखि पर्यटक ओसार्न पूर्वतिर गएपछि कर्णालीमा हवाई यात्रा ठप्प हुँदा नागरिकले सास्ती पाएका छन् । उहाँले भन्नुभयो, “जुम्लामा नियमित उडान गर्दै गएका तारा, समिट, सिता, नेपाल एयरलाइन्स लगायतका जहाज पर्यटक बोक्न पूर्वतिर गएका छन् । विमानस्थलमा बिरामी सर्वसाधारण र कर्मचारी लगायत यात्रुहरू अलपत्र परेका छन् । चाँडो कर्णालीमा हवाई उडान शुरु गर्न पहल भइरहेको छ ।” जहाजहरू लुक्ला, पोखरा, जोमसोम लगायत पर्यटकीय स्थानमा पर्यटक बोक्न गएपछि कर्णालीका जुम्ला लगायतका हिमाली जिल्लामा हवाई यात्रा ठप्प भएको जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले बताउनुभयो । नेपालगञ्ज विमानस्थलमा जहाज नहुँदा यात्रुलाई मुगु, हुम्ला, जुम्ला र डोल्पा जान कठिन भएको हो । जाडो छल्न तराई झरेका माथिल्लो कर्णालीका नागरिक फर्किने समय भएपनि जहाज नहुँदा सास्ती खेपिरहेका छन् । जुम्लामा आगामी चैत २५ गते सम्म समिट एयरले नियमित उडान गर्ने सम्भावना रहेको प्रमुख अधिकारीले जानकारी दिए । निजी विमान कम्पनीले सेवा भन्दा आफ्नो मुनाफाका लागि बढी काम गर्दा समस्या भएको छ । कर्णालीका हुम्ला मानसरोवर, डोल्पा से–फोक्सुण्डो, मुगु रारा ताल, जुम्ला सिञ्जा चन्दननाथ तातोपानी आउने पर्यटकहरू जहाज नहुँदा नेपालगन्जमै थन्किएका छन् । निजी एयरलाइन्सले हिमाली जिल्लामा दैनिक एक/एक वटा उडान अनिवार्य गर्नुपर्ने नियम भए पनि उक्त नियमलाई उल्लङ्घन गरी कर्णालीमा उडान ठप्प गरेका छन् । चैत वैशाख लागेपछि वर्षेनि पूर्वमा पर्यटक ओसार्न जहाज त्यतै जाने र मोटो रकम कमाउने दाउमा निजी एयरलाइन्सले कर्णालीका नागरिकलाई बेवास्ता गर्दै आएको कर्णालीवासीको गुनासो छ ।
४९
जुम्लामा चैत २६ देखि तेस्रो अल्ट्रा म्याराथन प्रतियोगिता हुँदै छ । कर्णालीको पर्यटन प्रवर्द्धन तथा खेल क्षेत्रको विकासका लागि आयोजना गरिएको प्रतियोगितामा विभिन्न देशका खेलाडी नाम दर्ता गराएका थिए । पर्यटक बोक्न भन्दै सबै जहाज पूर्वतिर उडान भर्न थालेपछि म्याराथनमा सहभागी हुन आएका विदेशी खेलाडी फर्किएको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो । तर कर्णालीमा विगत एक सातादेखि जहाज नचल्दा तेस्रो अल्ट्रा म्याराथन प्रतियोगितामा भाग लिन नेपाल आएका खेलाडी फर्किएका छन् । शनिवार सम्म विदेशी खेलाडी आउने कुरो भएपनि निरन्तरको पहल पश्चात् पनि जुम्ला चल्ने विमानहरूले खेलाडी ल्याउन र रिटक फ्लाइटको व्यवस्थापन गर्न नसक्ने भनेपछि विदेशी खेलाडीको नआउने भएका हुन् । उहाँले भन्नुभयो, “बेलायत, नेदरल्याण्ड, फिल्याण्ड, अमेरिका, इटली लगायतका देशबाट झण्डै १८ जना खेलाडी नाम दर्ता गरेका थिए । तर १२ जना आउन तयारी अवस्था भएपनि जुम्ला आउने जहाज सँगै जाने रिटन फ्लाइट समेत नभएपछि विदेशी खेलाडी नआउने भएका हुन् । निजी विमानहरूले आफ्नो लाभका लागि समग्र कर्णालीलाई बेवास्ता गरिरहेका छन् ।” निजी विमानले आफु खुसी उडान गर्न पाउने नीतिलाई नियमन गर्नुपर्ने र अनिवार्य उडान गर्नुपर्नेमा उहाँको जोड छ । जुम्लामा चल्ने सीता, तारा, समिट र नेपाल एयरलाइन्सले पूर्वको पर्यटन प्रवर्द्धन तथा आर्थिक लाभका लागि म्याराथन मार्फत गर्न थालिएको कर्णालीको पर्यटन प्रवर्द्धनमा भने बाधा पुर्याएको अध्यक्ष शाहीको दुखेसो छ । जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । किमीका लागि झण्डै ५० भन्दा बढी खेलाडीले नाम दर्ता गराई सकेका छन् । भने, ५ किमी दौडमा ६० जना विद्यार्थी सहित २ सय जनाले नाम दर्ता गराएका छन् । नेपालका रुकुम, सोलुखुम्बु, भोजपुर, विराटनगर,कालिकोट,सुर्खेत लगायतका जिल्लादेखि सडकमार्गबाट खेलाडी आउने क्रम शुरु भइसकेको छ ।