कांग्रेस चुनावमा गठबन्धन गरेर जाने पक्षमा छैन, शेखर कोइरालाको प्रचण्डलाई जवाफ

Share to:

रासंसा/काठमाण्डौ, माघ २७,
मुलुकमा गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जान राख्नु भएको प्रस्तावमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले असहमति जनाउनु भएको छ । त्यसैगरी कोइरालाले एमसीसीका बारे संसदबाट चाडो निर्णय लिन प्रचण्डलाइ आग्रह गर्नुभएको थियो । दाहालले एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवासंग कुराकानी भइरहेको तर निर्वाचन अघि त्यो संसदबाट पास गर्ने पक्षमा आफू नरहेको जवाफ दिनु भएको थियो । त्यसैगरी संसदको अवरोधले कसैलाई फाइदा नपुग्ने भन्दै संसदको अवरोध हटाउन सत्ता गठबन्धनमा रहेका दलहरुले पहल गर्नु पर्नेमा पनि कोइरालाले दाहालसंग बताउनु भएको थियो । अध्यक्ष प्रचण्ड र नो कोइरालाबीच बिहिबार भएको भेटवार्तामा कोइरालाले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने पक्षमा आफु नरहेको बताउनु भएको हो । कोइराला प्रचण्डलाई भेट्न आज बिहान प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो । भेटवार्तामा प्रतिनिधि सभाको अवरोध कसरी हटाउने,एमसीसी र स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको थियो । कोइरालाले निर्वाचन पछि सरकारमा गठबन्धन गर्ने तर स्थानीय निर्वाचनमा आफू गठबन्धन बनाउने पक्षमा नरहेको जवाफ प्रचण्डलाई दिनु भएको छलफलमा सभागी नेपाली कांग्रेसका नेता अमरेश कुमार सिंहले इमेज खबरलाई जानकारी दिनु भयो ।

Like