प्रदेश-४ [गण्डकी]हेडलाइन

प्रतिबन्धित लागूऔषधसहित पाँच जना पक्राउ

Share to:


अन्जनराज न्यौपाने गण्डकी प्रदेश तनहुँ

​जिल्ला प्रहरी कार्यालय, तनहुँले व्यास नगरपालिका-१०, नयाँ बस्तीबाट प्रतिबन्धित लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी टोलीले २०८३ असार ३ गते शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
​बरामद गरिएका वस्तुहरू:
​Tramadol: ३४० क्याप्सुल
​Megalin: ९० क्याप्सुल
​Spaspain: २८ क्याप्सुल
​Antikof: १८ क्याप्सुल
​Vomin: ४ क्याप्सुल
​गाँजा जस्तो देखिने पदार्थ: ३० ग्राम
​जम्मा ४८० क्याप्सुल लागूऔषधसहित पक्राउ परेका व्यक्तिहरूमाथि सम्मानित जिल्ला अदालत तनहुँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए। जिल्लाको शान्ति सुरक्षा कायम गर्नका लागि तनहु प्रहरी अवरात्र खटिरहेको उनले बताए ।

Like