यातायातमा जोरबिजोर लागू

Share to:

रासंसा/काठमाण्डौ, माघ ,

मुलुकमा काठमाडौं उपत्यकामा शनिबारदेखि यातायातमा जोरबिजोर प्रणाली लागू भएकाे छ । काेभिड-१९ काे संक्रमण राेकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेका हुन् । जसअनुसार आज जाेर गते जाेर नम्बर प्लेटका गाडी गुड्नेछन् भने बिजोर बिजाेर नम्बर प्लेटका चल्नेछन्। केही क्षेत्रमा भने जोरबिजोर लागू हुने छैन् । सरकारले अत्यावश्यक सेवा घाेषणा गरेकाे क्षेत्रमा जाेरबिजाेर लागू हुनेछैन । जसअनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल,शववाहन, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारीसाधनमा निर्वाध रुपमा गुड्न पाउनेछन् ।

Like