नेपालमा ३ किलोमिटर नयाँ मेगा पुल बन्दै
रासंसा/काठण्डौं, कार्त्तिक १४,
मुलुकमा कोशी प्रदेश र मधेश प्रदेश जोड्ने कोशी ब्यारेजको पूल समाप्त हुने भएको छ । ४३ अर्बको बजेटमा ३ किमी लामो नयाँ मेगा पुल अब १४ किलोमिटर यात्रा छोटो हुने भएको छ । सप्तरी र सुनसरी जिल्लालाई जोड्ने कोशी ब्यारेज पुलको भरपर्दो विकल्पका रूपमा एउटा ऐतिहासिक तथा दूरदर्शी परियोजना अगाडि बढाइएको छ। सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म करिब तीन किलोमिटर लामो अत्याधुनिक नयाँ पुल निर्माण हुने भएको छ। पुरानाे बन्दै गएको कोशी ब्यारेजमा बढ्दो सवारी साधनको अत्यधिक चापलाई मध्यनजर गर्दै यो वैकल्पिक मार्ग निर्माण गर्न लागिएको हो। करिब ४३ अर्ब रुपैयाँ अनुमानित लागत रहेको यो विशाल पुल सञ्चालनमा आएपछि पूर्व-पश्चिम राजमार्गको यात्रा १४ किलोमिटरले छोटिनेछ। विशेषज्ञहरूका अनुसार यो पुलले नेपालको पूर्वी क्षेत्रको यातायात सञ्चालन, व्यवस्थापन र व्यापारिक गतिविधिलाई नयाँ उचाइमा पुर्याउनेछ। यसले दैनिक रूपमा आवतजावत गर्ने हजारौँ यात्रुहरूको समय बचत गर्नुका साथै सुरक्षित र सुगम यात्राको सुनिश्चितता हुनमा विश्वस्त छ ।
