खेलकुदप्रदेश-४ [गण्डकी]मुख्य समाचारहेडलाइन

दमौलीमा शुक्रबार देखि व्यास मेयर कप–२०८३’ फुटबल प्रतियोगिता हुने

Share to:


अन्जनराज न्यौपाने
खेलकुद विशेष

​तनहुँ, १२ कात्तिक
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद» भन्ने मूल नाराका साथ तनहुँको सदरमुकाम दमौलीमा भोलि (शुक्रवार) देखि ‘प्रथम व्यास मेयर कप–२०८३’ अन्तर वडास्तरीय फुटबल प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगिताको तयारी र यससम्बन्धी विस्तृत जानकारी दिन आज व्यास नगरपालिकाको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।
​व्यास नगर खेलकुद समितिको आयोजनामा सञ्चालन हुने यस प्रतियोगितामा व्यास नगरपालिकाभित्रका १४ वटै वडाका खेलाडीहरूको सहभागिता रहनेछ भने
खेल ​उद्घघाटन शुक्रवार बिहान ठीक ८:०० बजे विपि खेलमैदान व्यास-३ मा हुनेछ।उक्त
​​प्रतियोगिता ११ ए साईड (11 A Side) अन्तर वडास्तरीय फुटबल प्रतियोगिता भएको आयोजकले जनाएको छ।फुटबल खेलकुद कार्यक्रमको उद्घाटन व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले गर्ने भएका छन । साथै, उद्घाटन समारोहमा व्यास नगरउपप्रमुख इन्दिरा दरै, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल लगायत १४ वटै वडाका वडाध्यक्षहरू तथा अन्य जनप्रतिनिधिहरूको पनि आतिथ्य रहने आयोजकले जनाएको छ।
​खेलकुदप्रतिको उत्साह र वडास्तरको आपसी सद्भाव अभिवृद्धि गर्न यस प्रतियोगिताले महत्त्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ।

Like