तेलंगानामा निर्माणाधीन सुरुङ भत्कियो, मजदुरहरू भित्र फसे

Share to:

एजेन्सी/फाल्गुण १०,

विश्वमा भारतको तेलंगानामा निर्माणाधीन सुरुङको एक भाग भत्किएको छ। राज्यको नगरकुर्नुल जिल्लामा श्रीशैलम लेफ्ट बैंक नहरको सुरुङको छतको एक भाग भत्किँदा केही मजदुर फसेको आशंका गरिएको छ। निर्माण कम्पनीको टोलीले सुरुङभित्र गएर मूल्याङ्कन गरेको र मजदुरहरू फसेको पुष्टि गरेको त्यहाँको प्रहरीले जनाएको छ । यद्यपि त्यहाँको मुख्यमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा संख्या नखुलेर केही घाइते भएको बताइएको छ । मुख्यमन्त्रीको निर्देशनअनुसार राज्यका सिँचाइमन्त्री एन उत्तमकुमार रेड्डी, सिँचाइसम्बन्धी सरकारी सल्लाहकार आदित्यनाथ दास र अन्य सिँचाइ अधिकारीहरू विशेष हेलिकप्टरबाट घटनास्थलतर्फ प्रस्थान गरेका छन्। मुख्यमन्त्री ए रेभान्थ रेड्डीले जिल्ला कलेक्टर, प्रहरी उपरीक्षक र अन्य अधिकारीहरूलाई राहत कार्यका लागि घटनास्थलमा पुग्न निर्देशन दिएका छन्।

Like