कवि राजीबलाेचन जाेशीकाे ९६ औं स्मृति दिवस भव्यताकासाथ मनाइयो
बलराम कोइराला/काठमाण्डौं, माघ ०५,
मुलुकमा खिलशर्मा राजीबलाेचन जाेशी स्मारक पर्तिष्ठानले कवि राजीबलाेचन जाेशीकाे ९६औं स्मृति दिवस भव्यताकासाथ मनाएको छ । माेतिराम भट्टकालिन कवि जाेशी छन्द्वलयका जनस्तरबाट कवि शिराेमणि घाेषित कवि हुन । माध्यामिककालिन कवि जाेशीका छन्दबद्व कबिता धेरै रहेकाछन । उहाँका पुत्रद्वारा स्थापित संस्थाले धेरै साहित्यीक पुस्तक प्रकाशनमा ल्याएकाे छ ।

९६औं स्मृति दिवसकाे अबसरमा आज राजधानीमा आयोजित सभामा पुर्व सचिब तथा साहित्यकार गाेपिनाथ मैनालीलाई रू २५000 नगदसहित प्रमाण पत्र खादामालाद्वारा प्रमुख अतिथी नेपाली साहित्य परिषदकी अध्यक्ष रमा शर्माले सम्मान गर्नुभएको थियो । कार्यक्रममा बरिष्ठ साहित्यकारले आ-आफ्ना बिचार राख्नुभएकाे थियाे । ईतिहासकार दिनेशराज पन्त प्राध्यापक ईन्दिरा जाेशी लगायतले कवि जोशीकाे बारेमा खुलेर प्रशंसा गर्नुभएकाे थियाे । शिक्षाबिद एवं प्रतीष्ठानका अध्यक्ष पुरूषोत्तमराज जाेशीले आफ्ना पुर्खाकाे नाममा संस्था खाेलेर धेरै साहित्य अनुरागीलाई सम्मान गर्न पाउंदा गर्व लागेकाे बताउदै प्रतिष्ठानले हालसम्म ३१ वटा पुस्तक निकालि सकेको बतउनुभयाे । आजै आयाेजित कार्यक्रममा प्रतिष्ठानको प्रतिवेदन काेषाध्यक्ष राजाराम जाेशीले सभामा प्रस्तुत गर्नुभएको थियो । संस्थाले संचालनमा ल्याएकाे गणेश कुमारी, भक्तकुमारी छात्राबृत्ति काेषमा एकलाख जम्मा गरि प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थिहरूलाई ब्याजबापत आएको कोषले ७ हहारसम्म सम्मान गर्ने घाेषणा गर्नुभएको थियो ।
