फेवातालमा साइँली डुङ्गा सरर…

Share to:

मिनबहादुर/कास्की, पौष १३,

मुलुकमा तालको सहरको रूपमा परिचित पोखराको अस्तित्व यसको मुटुमा रहेको फेवातालसँग रहेको छ । पर्यटकीय राजधानीको रूपमा समेत परिचित रहेको पोखरा पुग्ने जो कोहीलाई पनि फेवाताल नपुगेमा आफ्नो भ्रमण अधुरो र अपुरो रहेको भान हुन्छ । आँखाले नभ्याउने क्षेत्रमा फैलिएको निलो रङ्ग घोलिएको जस्तो फेवातालको काखबाट माछापुच्छ्रे हिमालसँगै अन्नपूर्ण हिमशृङ्खला दृश्यावलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल सराङकोट तलबाट सुरु भएर ड्यामसाइड हुँदै पुम्दीभुम्दीको माथिल्लो क्षेत्रसम्म फैलिएको छ । फेवाले मानिसहरूको मन मस्तिष्कमा अमिट छाप छोडिसकेको छ जसलाई हेरेर जो कोही पनि मोहित हुन्छन्, यसको दृश्यपान गरेर कसैले पनि आफ्नो धित मार्न सक्दैनन् । निलो र शालीन फेवाको किनारमा जो कसैले पनि आफ्नो दिन “अघि बढ्दै पाइला मेट्दै” गर्ने डुङ्गालाई हेरेर बिताउन सक्छन् ।

Like