२३ देशका प्रतिनिधि भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न पुगे
एजेन्सी,
विश्वमा भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू (इएमबीएस) बाट ७५ अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई विश्वको सबैभन्दा ठूलो चुनावको अवलोकन गर्न आमन्त्रित गरेको छ । यी २३ राष्ट्रका साथमा इन्टरनेशनल फाउन्डेसन फर इलेक्टोरल सिस्टम्स (आइएफइएस) का सदस्यहरू तथा भुटान र इजरायलका मिडिया टोलीहरू पनि सहभागी हुनेछन् । सहभागिताको मात्रा र परिमाणका हिसाबले यो अभ्यास पहिलो भएको निर्वाचन आयोगले जनाएको छ । आमन्त्रित प्रतिनिधिहरूले भुटान, मङ्गोलिया, अष्ट्रेलिया, मडागास्कर, फिजी, किर्गिज गणतन्त्र, रुस, माल्डोभा, ट्युनिसिया, सेशेल्स, कम्बोडिया, नेपाल, फिलिपिन्स, श्रीलङ्का, जिम्बाब्वे, बङ्गलादेश, काजाकिस्तान, जर्जिया जस्ता २३ देशका विभिन्न इएमबीएस र सङ्गठनहरूको प्रतिनिधित्व गर्छन् । भारतको निर्वाचन निकायले उच्च मापदण्डको आम चुनाव गराउने आफ्नो प्रतिबद्धताको उदाहरण दिने र इएमबीएसलाई लोकतान्त्रिक उत्कृष्टताको प्रत्यक्ष साक्षीका लागि सुनौलो पुल प्रदान गर्ने भनेको छ । मे ४ मा सुरु हुने कार्यक्रमले विदेशी इएमबीएसलाई भारतको निर्वाचन प्रणालीका सूक्ष्मताका साथै विश्वको सबैभन्दा ठूलो लोकतन्त्र (भारत) ले प्रयोग गर्ने उत्कृष्ट अभ्यासहरूबारे परिचित गराउन खोजेको इसिआईले जानकारी दिएको छ । जारी लोकसभा चुनाव सन् २०२४ को समयमा ‘चुनावी आगन्तुक कार्यक्रम’ (आइइविपी) आयोजना गरेर अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिइरहेको भारतको निर्वाचन आयोग (इसिआई) ले एक विज्ञप्तिमार्फत उल्लेख बताएको छ । प्रमुख निर्वाचन आयुक्त राजीव कुमार तथा निर्वाचन आयुक्तद्वय ज्ञानेश कुमार र डा सुखवीर सिंह सन्धुले मे ५ मा प्रतिनिधिहरूलाई सम्बोधन गर्नेछन् । अप्रिल १९ देखि सुरु भएको निर्वाचन सात चरणमा सञ्चालन भइरहेको र लोकसभा चुनाव जुन १ मा सम्पन्न हुनेछ । त्यसपछि प्रतिनिधिहरू साना समूहमा छ वटा राज्य महाराष्ट्र, गोवा, गुजरात, कर्नाटक, मध्य प्रदेश र उत्तर प्रदेशका विभिन्न निर्वाचन क्षेत्रहरूमा मतदान र सम्बन्धित तयारीहरू अवलोकन गर्न प्रस्थान गर्ने र सो कार्यक्रम मे ९ मा समापन हुनेछ ।