आज जापानी विदेशमन्त्री नेपाल आउँदै

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २३,

मुलुकमा जापानकी विदेशमन्त्री कामिकावा योको आइतबार नेपाल भ्रमणमा आउने भएकी छन्। परराष्ट्र मन्त्रालयका अनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी आउन लागेकी हुन्। विदेशमन्त्री कामिकावाले आइतबार उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछिन्। उनी सोही दिन काठमाडौंबाट फर्कने मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्नेछिन्।

Like