के छ आकर्षण ? र ‘पर्यटन बोर्ड’ को सीईओ बन्न मरिहत्ते
रासंसा/काठमाण्डौ, बैशाख १२,
मुलुकमा नेपाल पर्यटन बोर्डको निवर्तमान सीईओ डा.धनञ्जय रेग्मीदेखि पूर्व सीईओ दीपक राज जोशीसम्मको आवेदन परेको छ । गत चैत २४ गते सार्वजनिक सूचनामार्फत आवेदन माग भएपछि बोर्डका कर्मचारीहरू हिक्मतसिंह ऐर, लक्ष्मण गौतम, नवीन पोखरेल, श्रद्धा श्रेष्ठ र सन्तोष विक्रम थापाले पनि आवेदन दिएका छन् । विजय नेपाल, राजा राम गिरी, राजाराम केसी, ज्ञानिन राई, ज्ञानेश्वर प्रसाद सिंह महतो, सूर्य बहादुर घिमिरे, सन्तोष विक्रम थापा, दीपक बस्ताकोटी र राम चन्द्र सेढाईले पनि आवेदन दिएका छन् । २० जनाले दिएको आवेदनबाट सर्टलिष्ट गर्ने क्रममा आवेदन दिएका पदम बम, कमल ढोडारी, चक्शुविक्रम मल्ल र ज्ञानेन्द्र अधिकारीको नाम प्रारम्भिक चरणमै अस्वीकृत भएको छ । १६ जनाको नाम बोर्डको कार्यकारी प्रमुख छनौट उपसमितिले प्रकाशित गरेको छ ।नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिक्त भएपछि सो पदमा नियुक्ति पाउन पूर्व सीईओसहित २० जना प्रतिस्पर्धीमा उत्रिएका छन् । उनीहरूको भिजन पेपर समेत प्रस्तुति भइसकेको छ । नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को परिच्छेद ४ को १४ ले कार्यकारी प्रमुखको नियुक्ति सम्बन्धी व्यवस्था गरेको छ, जसमा बोर्डको प्रशासकीय प्रमुखको रूपमा दैनिक कार्य सञ्चालन गर्नको लागि समितिले कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेको व्यक्तिलाई बोर्डको कार्यकारी प्रमुखको पदमा चार वर्षका लागि नियुक्त गर्ने व्यवस्था गरेको छ । बोर्डका सीईओ भइसकेकाहरूले पनि सोही पदमा दाबी गर्नुले यो पद निकै आकर्षक रहेको बुझ्न सकिन्छ । बोर्डका निवर्तमान उपाध्यक्ष चन्द्र रिजाल सामाजिक तथा व्यावसायिक प्रतिष्ठासँग जोडिएको महत्त्वपूर्ण संगठन भएकाले चौतर्फी आकर्षण देखिएको बताए । गत माघ १६ गते रेग्मीको चार वर्षे कार्यकाल समाप्त भएपछि यो पदेन रिक्त छ । रिक्त पद पूर्तिका लागि ऐन बमोजिम संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव चक्र बुढाको नेतृत्वमा निजी क्षेत्रका व्यवसायी मदन आचार्य र मिलन देवकोटासहितको तीन सदस्यीय छनौट समिति बनेको छ, जसले नियुक्ति प्रक्रिया अगाडि बढाइरहेको छ । ‘जो–कोही व्यक्ति सम्पत्ति आर्जन गर्न, पावर एक्सरसाइज गर्न र प्रतिष्ठित पद धारण गर्न चाहन्छ । यो स्वाभाविकै हो । तर, पर्यटन बोर्डमा घरीघरी सीईओकै लागि मरिहत्ते गर्नुमा भने केही निहित स्वार्थ जोडिएको छ’ उनले रातोपाटीसँग भने । मन्त्री तामाङमाथि हालै रामप्रसाद सापकोटा (कमल), ऋषिराम भण्डारी र राजेन्द्रबहादुर लामालाई सदस्यमा नियुक्ति गर्दा राजनीतिकरण गरेको आरोप छ । यद्यपि उनले आरोप अस्वीकार गरेका छन् ।
सीईओ बोर्डको सदस्य सचिव समेत रहने भएकाले महत्त्वपूर्ण निर्णय तथा काममा सिधै पहुँच हुने र आफू अनुकूल काम गर्न/गराउन सकिने भएकाले पनि यो पद आकर्षक बनेको रिजालको बुझाई छ । आकर्षक तलब–भत्ता, सहज देश–विदेशको भ्रमण तथा पहुँच र व्यावसायिक तथा आर्थिक लाभकै कारण सीईओमा तीव्र आकर्षण हुने गरेको हो । राजनीतिक पहुँचका आधारमा सो पद प्राप्ति हुने बुझेका डा.रेग्मीलगायतले फेरि कम्मर कसेका छन् । पर्यटन मन्त्री मन्त्री हितबहादुर तामाङ चाहिँ राजनीतिक चलखेल र प्रभाव नियुक्तिमा नचल्ने दाबी गर्छन् । मन्त्री तामाङमाथि हालै रामप्रसाद सापकोटा (कमल), ऋषिराम भण्डारी र राजेन्द्रबहादुर लामालाई सदस्यमा नियुक्ति गर्दा राजनीतिकरण गरेको आरोप छ । यद्यपि उनले आरोप अस्वीकार गरेका छन् । सापकोटालाई त बोर्डको उपाध्यक्ष समेत बनाइएको छ । पत्रकारहरूसँग हालै भएको छलफलमा उनले उपसमितिको सिफारिसमा सीईओ नियुक्ति गर्ने बताए । सार्वजनिक–निजी साझेदारी मोडलको बोर्डको सीईओले प्रति महिना करिब ७ लाख रुपैयाँसम्म तलब पाउँछन् । यसका अतिरिक्त बोर्डको वार्षिक डेढदेखि दुई अर्ब रुपैयाँ बजेटले पनि सीईओ बन्न लालायित हुनेको सङ्ख्या बढेको हो । ‘बोर्डको सीईओको तलब यति नै हुने भनेर कतै उल्लेख गरिएको छैन । बोर्ड र सीईओबिच सम्झौता बमोजिम हुने हो । सबै कर कट्टा गरेर कम्तीमा ५ लाख रुपैयाँ तलब दिइन्छ’ रिजालले रातोपाटीसँग भने । यसका अतिरिक्त बैठक भत्ता, स्वदेश तथा विदेश भ्रमण भत्ता तथा अन्य सेवा सुविधा प्राप्त हुने भएकाले पनि यो पदमा पुग्न मरिहत्ते गरिन्छ । यसका अतिरिक्त बोर्डको वार्षिक डेढदेखि दुई अर्ब रुपैयाँ बजेटले पनि सीईओ बन्न लालायित हुनेको सङ्ख्या बढेको हो । बिना लगाम विदेश भ्रमण गर्दा निःशुल्क टिकट, खाने/बस्नेसहित दैनिक २५० अमेरिकी डलर भत्ता अर्को आकर्षण हो । स्वदेश भ्रमणमा पनि ७ दिनसम्म दैनिक ५ हजारका दरले खर्च गर्ने छुट सीईओलाई छ । ७ दिन घुमेर फर्केको दोस्रो दिनमै फेरि भ्रमण निस्कन पाइन्छ ।