अन्य थपदेशमुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य विशेष कार्यक्रममा सरिक

Share to:

रासंसा/काठमाडौं, चैत्र-२५

मुलुकमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा बागबजार स्थित पाणिनि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत एक बिशेष कार्यक्रमकाे आयाेजना गरि सम्पन्न गरिएको छ ।
बिकल्प रहित रगतकाे आपूर्तिमा सहयोग पुय्राउने हेतुले रक्तदान,नयाँ वर्ष २०८१ काे क्यालेन्डर लाेकार्पणका सथै नि:शुल्क स्वास्थ्य (जनरल फिजिसियन,दन्त,मधुमेह र रक्तचाप) शिबिरकाे उद्घाटन एक समारोह बीच नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा रक्त संकलन थैली हस्तान्तरण गरि गर्नुभयो ।
संस्थाका अध्यक्ष शेषनारायण पाेखरेल काे सभापतित्वमा आयाेजित साे कार्यक्रममा अतिथिहरू क्रमशः निवर्तमान अध्यक्ष जयराम पाेखरेल, संस्थापक सदस्य कृष्णप्रसाद पाेखरेल,नारायण पाेखरेल र निम्स क्लिनिकका सञ्चालक श्रीराम ढकाल रहनु भएको थियोे । टाेपलाल अधिकारीकाे संयाेजन रहेकाे साे कार्यक्रमकाे सञ्चालन सुबाष पाेखरेलद्वारा गर्नुभएको थियो । कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४८ जनाले रक्तदान र ९४ जनाले स्वास्थ्य परिक्षण गराउनु भएको थियो ।

Like