महाकाल मन्दिरको गर्भगृहमा आगलागी हुँदा पुजारीसहित १३ जना घाइते

Share to:

एजेन्सी,

मुलुकमा भारतको मध्य प्रदेशमा रहेको महाकाल मन्दिरको गर्भगृहमा आगलागी हुँदा १३ जना घाइते भएका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार नियमित भस्म आरती भइरहँदा र होलीको अवसरमा अबिर फ्याक्दा आगलागी भएको हो। उज्जैनस्थित भारतको प्रसिद्ध धार्मिक स्थलमध्यको एक महाकाल मन्दिरमा आइतवार सन्ध्याँ आरतीको क्रममा आगलागी हुँदा पुजारीसहित १३ १३ जना घाइते भएका हुन्। उज्जैन प्रहरीका अनुसार आगलागी पश्चात भागदौड हुँदा १३ जना घाइते भएका छन् र सबैलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

Like