आज विश्व वन्यजन्तु दिवस मनाइदै
रासंसा/काठमाण्डौ, फाल्गुण २०,
विश्वमा भएका हरेक प्राणी अनि बिरुवाको लागि यस पृथ्वी साझा थलो हो, सबै प्राणी र बिरुवाहरूको सुरक्षा, संवर्द्धन अनि उपस्थिति मानवको दायित्व हो । चोरी सिकारी, पैठारी अनि तस्करहरूको सक्रियताले नेपालमा पनि धेरै जनावरहरू र बिरुवाहरूको विनाश भएको, हत्या भएको, नासिएको इतिहास छ । विश्व पर्यावरणको इकोसिस्टममा हरेक प्राणीहरूको आआफ्नै महत्त्व र योगदान छ तसर्थ सबै प्राणीहरूको सुरक्षा आजको आवश्यकता हो । मानव जीवनको दीर्घकालीन उपस्थितिका लागि पनि वन्यजन्तु र बिरुवाहरू सबैको रक्षा गर्न जरुरी छ । विश्वमा पाइने सम्पूर्ण जगंली जनावर र रुखबिरुवाहरुका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षण संवर्द्धनका लागि हरेक वर्ष विश्व समुदायले मार्च ३ तारिखका दिन विश्व वन्यजन्तु दिवस मनाउँदछ । अहिले CITES को अनुसार अन्तर्राष्ट्रिय व्यापारकै कारण लगभग ५००० प्रजातिका जनावरहरू र २९२०० प्रजातिका बोट बिरुवाहरू लोप हुने अवस्थामा छन् । यी जनावर र बिरुवाहरूलाई खतराको सीमामा पर्न नदिन र अन्तर्राष्ट्रिय व्यापारले धेरै हद सम्म नियन्त्रण गरेको पनि पाइन्छ । आजको दिन ती लोप हुन सक्ने प्रजातिहरूको नियन्त्रणमा CITES को उत्साहपूर्ण योगदानलाई सम्झना गर्नुपर्ने दिन हो। संयुक्त राष्ट्रको सदस्य राष्ट्र थाइल्यान्डको पहलमा सन् २०१३ को एक सम्मेलनमा जङ्गली जनावर तथा बिरुवाको अन्तर्राष्ट्रिय व्यापार बारे बहस भएको थियो। यो बहसमा जङ्गली जनावर तथा बिरुवाहरूको अन्तर्राष्ट्रिय व्यापार विषयमा अनि संसारमा भएका ३५००० भन्दा बढी जनावर र बिरुवाको प्रजाति संरक्षणको लागि एउटा कदम मात्र भएको भनेर निर्णय लिइएको थियो। यस बहसको निष्कर्षलाई CITES अर्थात् Convention on International Trade in Endangered Species भनेर नाम दिइएको थियो। यस वर्षको विश्व वन्यजन्तु दिवसको नारा भनेँ Connecting People and Planet: Exploring Digital Innovation in Wildlife Conservation भन्ने रहेको छ । यस नाराले वन्यजन्तु सुरक्षाका लागि डिजीटल नवप्रर्वतनको पैरवी गरेको हो । । विश्वको जैविक विविधता संरक्षणका लागि यस दिवसको विशेष योगदान रहनेछ । यो विश्व मानवको लागि मात्र हैन, यहाँ रहेका हरेक सजीव निर्जीव प्राणीहरूको यो विश्वमा मानवकै जत्तिको अधिकार छ। हामी एउटा सामाजिक र बौद्धिक प्राणी भएकाले यो कर्तव्य पनि हाम्रै हो। वन्यजन्तुको विकास संरक्षण र उत्थानको लागि खटिरहेका सबैलाई सम्झना र सम्मान र आगामी दिनहरूको लागि शुभ कामना।