ॐ कैलाश शिवढुंगा शिवशक्ती महापीठधामको आह्वान
मिनबहादुर कुंवर/कास्की, पौष २७,
पर्यटकीयनगरी पोखरा महानगरपालिका वडा नं. २१ स्थित कृस्ति शिवढुंगा टोलमा विराजमान ॐ कैलाश शिवढुंगा शिवशक्ती महापीठधामले प्रकाशन गर्न लागेको स्मारिकामा ऐतिहासिक नाम जन्ती किचे ढंगा र सुत्केरीले उचालेको ढुंगाको बारेमा कुनै पनि लेख रचना एवं ऐतिहासिक दस्तावेज अथवा ऐतिहासिक कुराहरु भन्दै सुन्दै आएका भनाईहरु स्मारिकामा छाप्नु पर्ने भएकाले सो लेख रचना तयार गरि धामका पदाधिकारीहरुको ईमेलमा पठाईदिनु भइ सहयोग पुराई दिनु हुन धामले आह्वान गरेको छ । सो लेख रचनाकासाथ धामलाई आर्थिक सहयोगसाथ विशेष पुराउनु हुने उत्कृष्ट ब्यक्ती ब्यक्तित्वहरुलाई सम्मानसमेत गरिने भएकाले सहयोगको लागि पनि आह्वान गरेको छ । धामले स्नारिकामा लेख रचना पठाउनु हुने लेखकहरुलाई एकप्रती पासपोर्ट साइजको फोटोसमेत पठाउन आह्वान गरेको छ । धामको ईमेल – shivadhungashivashakti@gmail.com , rsweekly@gmail.com मा पठाउन हुन पनि अनुरोध गरेको छ । यसका साथै प्रकाशन पदाधिकारीहरुको सम्पर्क नम्बर ९८५१०३४१३६, ९७६०८२९५६५, ९८०९०९१५१६, ९८५६०२९८९६, ९८२५१६२५८१ मा लेख रचना तयार गरिसकेपछि सम्पर्क गरि जानकारी गराउन पनि अनुरोध गरेको छ ।