समृद्ध नेपालका लागि सुरक्षित संरचनान – भौतिक पूर्वाधार मन्त्री दाहाल
रासंसा/काठमाण्डौ, फाल्गुन १७,
मुलुकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि अब बन्ने संरचनाहरू पनि सुरक्षित र दिगो हुनुपर्ने बताएका छन्। काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले सरकारी र सार्वजनिक संरचनाहरू मात्र नभई निजी, आवासीय, सामुदायिक तथा सबै प्रकारका संरचनाहरू दिगो बनाइनुपर्ने बताए। कुनै पनि संरचना निर्माण गर्दा ठूलो धनराशी र समय समेत खर्च हुने भएकाले लागतको तुलनामा अधिक प्रतिफल दिने सुरक्षित संरचना बनाउनेतर्फ ध्यान जानुपर्ने उनको भनाइ छ। नेपाल भूकम्पीय जोखिम भएको मुलुक भएकाले भवन निर्माण संहिताको पूर्ण पालना, विश्व स्तरीय प्रविधिको उपयोग तथा गुणस्तरीय निर्माण सामाग्रीको प्रयोग गरी दिगो र सुरक्षित निर्माणमा जोड दिनुपर्ने उनको भनाइ थियो।
Like