Sunday, October 18, 2026
Latest:
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

सर्वोच्चबाट अवकाश हुँदा पनि चोखो भएर निस्कन चाहन्छु, प्रस्तावित न्यायाधीश पौडेल

Share to:

रासंसा/काठमाण्डौ, पौष ०१,

मुलुकमा सर्वोच्च अदालतका लागि प्रश्तावित न्यायाधीश महेश शर्मा पौडेलले सर्वाेच्च अदालतबाट अवकाश हुँदा कुनै विवादमा नफसीकन निस्कन चाहेको बताएका छन्। उनले भने, ‘हिंसाले राज्यको आत्मालाई अपांग बनाउँछ । भ्रष्टाचारले राज्यको आत्मानै मारिदिन्छ। यो मेरो आफ्नो अनुभूति हो। आजसम्म मैले यो ३० वर्ष काम गरेँ। निष्ठा र इमान्दारितामा रहेर काम गरेँ। मेरो बाँकी साढे ६ वर्ष छ। म त्यो चोखो भएर निस्कन चाहन्छु। तैले के गर्छस् भन्दा मसँग अहिले समय छैन। म यतिनै भन्न चाहन्छु।’ आइतवार सिंहदरवारमा संसदीय सुनुवाईको क्रममा सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै उनले आफूले ३० वर्षे न्यायिक सेवा निष्ठा र इमान्दारितका साथ बिताएको दाबी गरे। प्रस्तावित न्यायाधीश पौडेलले आफूले हिंसाले राज्यको आत्मालाई अशक्त बनाउने र भ्रष्टाचारले राज्यको आत्मा नै मारिदिने निष्कर्ष निकालेकाले त्यस्ता काममा आफू नलाग्ने अठोटका साथ काम गरिरहेको जिकिर समेत गरे। पौडेलले आगामी दिनमा सर्वाेच्च अदालतमा मुद्दा फस्र्यौटको कामले गति लिने विश्वास समेत व्यक्त गरे। उनले भारत र पाकिस्तानमा भन्दा नेपालको सर्वोच्च अदालतले मुद्दा फस्र्यौटको कामलाई छिटो सम्पन्न गर्ने गरेको दाबी समेत गरे।

Like