‘ग्लोबल साउथ’ को अग्रसरता भारतले देखायो

Share to:

एजेन्सी,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी २० लगत्तै ‘भ्वाइस अफ ग्लोबल साउथ’ समिटको दोस्रो शृंखला भव्यतासाथ आयोजना गरेका छन्। शुक्रबार दिनभर भर्चुअल माध्यममा चलेको समिटमा ल्याटिन अमेरिका, क्यारिबियन, अफ्रिका, प्यासिफिक आइल्यान्ड, एसियालगायतबाट १ सय २३ देश सहभागी थिए। शुक्रबार दिनभर भर्चुअल माध्यममा चलेको समिटमा ल्याटिन अमेरिका, क्यारिबियन, अफ्रिका, प्यासिफिक आइल्यान्ड, एसियालगायतबाट १ सय २३ देश सहभागी थिए। ‘यो बहुत ठूलो सन्देश हो। यसले यो सन्देश दिएको छ कि– ग्लोबल साउथ आफ्नै स्वायत्तता चाहन्छ। विश्व शासनमा अग्रसरता चाहन्छ। विश्वकै मामलामा बढ्ता जिम्मेवारी लिन तयार छ’, समिटको समापन समारोहमा प्रधानमन्त्री मोदीले भने, ‘भारतलाई गर्व छ, हामीले जी २० को फोरममा ग्लोबल साउथको एजेन्डा राख्ने मौका पायौं। र, त्यसलाई तुरुन्त कार्यान्वयन गर्‍यौं। मलाई विश्वास छ, जुन आवाज जी २० मा बुलन्द भयो, त्यो आगामी विश्वमञ्चमा गुञ्जिइरहने छ।’ समिटका क्रममा ग्लोबल साउथ सेन्टर उद्घाटनसमेत गरिएको छ। मोदीका अनुसार यसले ग्लोबल साउथका समस्याका समाधान खोज्नेछ। उनले स्वास्थ्यका समस्यामा औषधि आपूर्तिमा प्रतिबद्धता जनाए। यसमा नेपालको हालैको भूकम्पमा तीन टनभन्दा बढी औषधि पठाएको उदाहरण दिए। विज्ञान र प्रविधिमा क्षमता अभिवृद्धिमा सहयोग गर्न तत्पर रहेको पनि उनले उल्लेख गरे। विश्वले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय शान्ति, विकास र समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने उनले बताए। प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय स्तरमा विश्वास कायम गर्न साझेदारी र सहकार्य प्रवद्र्धन र एकताका साथ काम गर्नुपर्ने धारणा राखे। ग्लोबल साउथले गरिबी उन्मूलन र स्वस्थ जीवन निर्वाहमा टेवा पुर्‍याउनुपर्ने उनको भनाइ थियो। समिटमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले कोभिड महामारी, जलवायु परिवर्तन र भूराजनीतिक जटिलताको सामना गरिरहेको बताए। भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त संकटबाट खाद्यान्न, स्वास्थ्य–शिक्षा, अर्थतन्त्र, वातावरण र शान्ति–सुरक्षामा प्रभाव पारेको उल्लेख गरे। उक्त जटिलताबाट सबैभन्दा धेरै अल्पविकसित राष्ट्रहरू प्रभावित भएको उनको भनाइ थियो। ‘ग्लोबल साउथका धेरै देशहरू ऋणको बोझमा परेका छन्। जसले स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र अन्य महत्वपूर्ण राष्ट्रिय प्राथमिकताका लगानीलाई दबाब दिइरहेको छ। बढ्दो खाद्यान्न समस्या र आर्थिक संकटले थप चिन्ता थपिदिएको छ,’ प्रधानमन्त्रीले भने।

Like