अन्य थपअपराधअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

सुन अब स्याउको ट्रकबाट भित्रिँदै

Share to:

रासंसा/काठमाण्डौ, श्रावण ३०,

मुलुकमा हिजो साँझ एक टेलिभिजन कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले अत्यन्तै रमाइलो तर गम्भीर रहस्य उजागर गरेका छन् । उनले भने, ‘चीनबाट स्थल नाका हुँदै आयात हुने स्याउले भरिएको ट्रक पहिला भैरहवा पुग्छ । त्यहाँ कुनै गोप्य स्थानमा केही दिन राखेपछि उक्त स्याउले भरिएको ट्रक काठमाडौं आउँछ ।’ प्रदिप ज्ञवाली भन्दछन्, ‘यस्तो अनौठो काम गृहमन्त्री वा अर्थमन्त्रीको जानकारी नभई हुनै सक्दैन ।’ वास्तवमा ज्ञवालीका यी भनाइप्रति धेरै हदसम्म सहमत हुनुको विकल्प छैन । यदि गृहमन्त्री वा यो सरकारलाई यस्तो क्रियाकलाप’bout जानकारी छैन भने उनीहरू उपप्रधानमन्त्री वा मन्त्री बन्न लायक छैनन् । टेलिभिजनको लाइभ कार्यक्रममा यो तहको नेताले गरेको यस्तो कुरालाई ‘निराधार’ भनेर पन्छाउन पटक्कै मिल्दैन । उनले पक्का सूचनाकै आधारमा यस्ता कुरा गरेका हुन् भन्ने विश्वास गर्नुपर्ने हुन्छ । ज्ञवालीको स्पष्ट इशारा थियो, चीनबाट सुन वा त्यस्तै अवैध सामग्री भारत पु¥याइन्छ र यो तस्करीमा नेपाल ट्रान्जिट बिन्दुका रूपमा प्रयोग भइरहेको छ । सामान्य मानिसले पनि बुभ्mने कुरो के हो भने चीनबाट स्याउ आयात हुन्छ भने त्यसको प्रमुख बजार काठमाडांै उपत्यका नै हो । स्याउ जस्तो छिटो बिग्रने वस्तु त सकभर चाँडै बेच्नुपर्ने हुन्छ । उत्तरी नाका केरुङ नाकाबाट आयात भएको स्याउ काठमाडौंमा अनलोड नगरी भैरहवा पु¥याएर केही दिन त्यहाँ राखेर काठमाडौं ल्याइन्छ भने त्यसको अर्थ के हो ? स्पष्ट छ, स्याउको ट्रकमा अन्य कुनै बहुमूल्य सामान भारतीय सीमाको नजिक पु¥याइन्छ र त्यहाँबाट भारततर्फ तस्करी गरिन्छ । के त्यो गोप्य सामान सुन हुन सक्दैन ?

Like