अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

Share to:

रासंसा/काठ्माण्डौ, आषाढ ११,

सेवारण्यकेशरी समाज र नेपाल स्वयंसेवी रक्तदाता समाज त्रिभुवन बिश्वबिद्धालय शिक्षण अस्पताल एकाई समितिद्वारा संयुक्तरूपमा नार्जुन पार्टी प्यालेस नागर्जुन नगरपालिका -१ काठमाडौंमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा बिशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई सेवारण्यकेशरी समाजका अध्यक्ष डा. सुबाष पन्तले खाडा पहराई सम्मान गरिएको थियोे ।

नागर्जुन नगरपालिका वडा नम्बर १ का अध्यक्ष रामेश्वर लामा बिशेष अतिथि रहनु भएको साे कार्यक्रमकाे नेपाल स्वयंसेवी रक्तदाता समाज त्रिभुवन बिश्वबिद्धालय शिक्षण अस्पताल एकाई समितिका अध्यक्ष प्रताप शाही र सेवारण्यकेशरी समाजका अध्यक्ष डा. सुबाष पन्तले संयुक्तरूपमा सभापतित्व रहनु भएकाे थियोे ।
उक्त रक्तदान कार्यक्रममा महिला पुरूष गरि जम्मा ५३ जनाले रक्तदान गर्नुभएकाे थियोे । सहभागी स्वयंसेवी रक्तदाताहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले प्रशंसा-पत्र समेत वितरण गर्नुभएको थियोे ।

Like