शेखर कोइराला बालकृष्ण खाणलाई भेट्न कारागार पुगे

Share to:

रासंसा/काठमाण्डौ, आश्विन ६,

मुलुकमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केन्द्रीय कारागारमा गएर बालकृष्ण खाणलाई भेटेका छन् । कोइरालाले शनिबार बिहान करिब ९ बजेतिर खाणलाई भेटेको केन्द्रीय कारागारका एक जना अधिकृतले जानकारी दिए । यसअघि भदौ १३ गते पनि कोइराला र खाणबीच आधा घण्टा कुराकानी भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्व गृहमन्त्री खाण केन्द्रीय कारागारमा रहेका छन् । पछिल्लो समय खाण सभापति शेरबहादुर देउवासँग रुष्ट रहेको बताइन्छ । खाणलाई आफ्नो पक्षमा पार्न सके पार्टीको शक्ति सन्तुलनमा आफ्नो पकड बलियो बनाउन सकिने कोइरालाको बुझाई देखिन्छ ।

Like