युनियनको नव निर्वाचित पदाधिकारी को पदस्थापन सम्पन्न
अन्जनराज न्यौपाने/तनहुँ, ज्येष्ठ १२,
नेपाल प्रेस युनियन तनहुँ शाखाले ८ अौ अधिवेशनबाट नव निर्वाचित पदाधिकारी र सदस्यहरुको पदस्थापना तथा नेपाल प्रेस युनियनको ३२ अौ स्थापना दिवसको अवसरमा अायोजित प्रेस स्वतन्त्रता रक्षाकालागि संचार क्षेत्रको भुभिका विषयक विचार गोष्ठी सम्पन्न गरिएको छ। पदस्थापना कार्यक्रममा नेपाली काँग्रेसका निवर्तमान सभापति बैकुण्ठ न्यौपानेले नव निर्वाचित युनियनका अध्यक्ष शेकहनिफ गोरा मिया लगाएको १३ सदस्यीय जिल्ला कार्य समितिलाई प्रमाणपत्र प्रदान गरेका हुन्।

कार्यक्रममा बोल्दै लोकतान्त्रलाई बलियो र थप मजबुत बनाउन पत्रकार स्वतन्त्र ,निश्पक्ष र सामाजिक न्यायकालागि सदैव क्रियाशील भै पर्यतनशिल रहन जरुरी भएको बताए ।
,,नेका जिल्ला उपसभापति देवकुमार श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई पुर्णरुपमा विकासगराउन प्रेसले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताए । पत्रकार महासघका केन्द्रीय सदस्य प्रदिप काफ्ले पत्रकारले ईमानदार र कर्तब्य निष्ठ भएर लाग्न सके युनियन देशैभर थप मजबुत हुने बताए । ट्रेड युनियन काँग्रेस तनहुँका सभापति कृष्णबहादुर केसीले देश र जनताको हक,हित र अधिकारकालागि सदैब युनियन लागि परेको बताए । कार्यक्रम नेपाल प्रेस युनियन तनहुँका निवर्तमान अध्यक्ष अमरराज नहर्कीको सभापतित्वमा सम्पन्न भएको थियोे ।
