राससका पूर्वअध्यक्ष वाग्ले र कार्यकारी सम्पादक बस्नेत सम्मानित

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, ज्येष्ठ ७,

नेपाल प्रेस युनियन जिल्ला शाखा तनहुँको ८ अौ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका अार्थिक मामिला मन्त्री जीतप्रकाश अालेले गरे। मन्त्री अालेले पत्रकार कसैको प्रभाव र दवावमा नपरि निष्पक्ष पत्रकारिता गर्न सक्नुपर्ने बताए । कसैले फकाएका भरमा ,कसैले तर्साएका भरमा र कसैले गुलियो बचनले भुलायो भन्दैमा कोही कतै विचलिन हुन नहुने बताए । अन्य संचार माध्यमका तुलनामा युनियन जनता र देशका खातिर त्याग ,समर्पण र बलिदान दिन सक्नुपर्ने बताए । यसैगरी गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठले पत्रकार स्वतन्त्र ,निश्पक्ष,निर्भीक भएर अगाडि बड्न जरुरी भएको बताए । कसैले अास्वासन बाडेका भरमा पत्रकारिताजगत लाग्न नहुने बताए । प्रजातान्त्रिक विचार समाजका अध्यक्ष एब्म् वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले मुलुकका निमुखा र बौद्धिक ब्याक्तित्वहरुकालागि पत्रकार अास्था र निष्ठाको प्रतीक मानिएको बताउदै परोपकारी गुणी भई अाफनो व्याक्तिगत स्वार्थ भन्दा माथि उठेर पेशागत हक,हित र अधिकारकालागि लाग्न निर्देशन दिए। अधिवेशनले शेक हनिफ गोरा मियालाई सर्वसहमतप्रेस युनियनको अध्यक्ष पदमा निर्वाचित गरेको छ।
कार्यक्रममा (रासस)का पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले र कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत पुरस्कृत भएका छन्। शाखाको८ औ अधिवेशनका अवसरमा पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेलाई ‘बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशि रु १० हजार रहेको छ ।
त्यस्तै राससका कार्यकारी सम्पादक एवं प्रदेश तथा जिल्ला ब्युरो प्रमुख बस्नेतलाई ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि पनि रु १० हजार रहेको छ ।
यस्तै गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियन तनहुँका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु १० हजार रहेको छ । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले प्रदान गरेका थिए।

Like