जापानी प्रधानमन्त्रीलाई लक्षित गरी आक्रमण

Share to:

एजेन्सी,

जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई लक्षित गरी आक्रमण भएको छ । शनिबार एक सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्री किशिदालाई लक्षित गरी ‘स्मोक बम’ फालिएको हो । घटनास्थलबाट एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । किशिदा यही महिना हुन लागेको उपचुनावमा लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारलाई सघाउन वाकायामा पुगेका हुन् । शनिबार बिहान वाकायामामा आयोजित कार्यक्रममा चुनानीभाषण दिनै लागेका किशिदामाथि ‘स्मोक वा पाइप बम’ फ्याँकिएको जापान टाइम्सले उल्लेख गरेको छ । प्रधानमन्त्री किशिदालाई तत्कालै त्यहाँबाट सुरक्षित रूपमा उद्धार गरिएको थियो । गत वर्ष जुलाईमा एउटा सभामा सहभागी भइरहेका बेला जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या गरिएको थियो । जापानको पश्चिमी भाग नारामा भाषण गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते आबेको उपचारका क्रममा मृत्यु भएको थियो ।

Like