स्ववियु निर्वाचनमा मतपेटिका तोडफोडपछि डोटी बहुमुखी क्याम्पसको निर्वाचन स्थगित

Share to:

रासंसा/डोटी,

मुलुकमा डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लव निकट विद्यार्थीले मतपेटिका फुटाएपछि मतदान स्थगित भएको हो। मतदाताको परिचयपत्रसमबन्धी सामान्य विवाद भइरहेकै समयमा केहि व्यक्ति भित्र प्रवेश गरी मतपेटिका तोडफोड गरेका थिए । निर्वाचन करिब ६५ प्रतिसत सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ । उनले मत पेटिकालगायत अन्य सामग्री तोडफोड भएकाले मतदान गर्न गराउन सम्भव नभएको निर्वाचन अधिकृत हर्कबहादुर कँडेलले जानकारी दिए।बताए। डोटी बहुमुखी क्याम्पसमा विद्यार्थी संख्या ८०९ रहेको छ। निर्वाचन हार्ने भएपछि अनेरास्ववियु लगायतका संगठनहरुले अराजक कार्य गरेको नेपाल विद्यार्थी संघले आरोप लगाएको छ । अहिले नेपाल विद्यार्थी संघका नेता तथा विद्यार्थीले सुरक्षा कमजोरका कारण घटना घटेको भन्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै नाराबाजी गरिरहेको छ । नेविसंघले निर्वाचन सुचारू गर्न माग गरेको छ। निर्वाचन समितिले सूचना जारी गर्दै केही अराजक व्यक्तिले मतपेटिका तथा अन्य सामग्री तोडफोड गरेका कारण निर्वाचन स्थगित भएको जानकारी दिएको छ ।

Like